HomeFeatured 2चरम गुटबन्दीले पार्टी थिलथिलो –काङ्ग्रेस सहमहामन्त्री परियार

चरम गुटबन्दीले पार्टी थिलथिलो –काङ्ग्रेस सहमहामन्त्री परियार

झापा २३ भदौ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले नेतृत्वमा भएको चरम गुटबन्दीका कारण पार्टी थिलथिलो बनेको बताएका छन् । पार्टीलाई बदल्न केन्द्रीय नेतृत्व नै सुधारिनुको विकल्प नभएकोमा उनले जोड समेत दिए।
नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश (क) सम्मेलनको शनिबार झापाको काँकडभिट्टामा उद्घाटन गर्दै उनले कार्यकर्ताको कुरा नसुन्ने व्यक्ति नेता हुन नसक्ने बताए । उनको यो टिप्पणी पार्टी सभापति शेरबहादुर देउवातर्फ लक्षित थियोे । पार्टी बिग्रनु र कमजोर हुनुको सम्पूर्ण दोष केन्द्रीय नेतृत्वले लिनुमा उनले जोड दिए।
सहमहामन्त्री परियारले पार्टी बिग्रेको दोष कार्यकर्ताले लिन नसक्ने र त्यो उनीहरूको दायित्व नभएको उल्लेख समेत गरे। अहिलेसम्म कोषाध्यक्ष चयन गर्न पार्टी केन्द्रले नसकेको सहमहामन्त्री परियारले स्वीकारे। उनले भने,ू छ महिनामा गरिसक्नुपर्ने काम डेढ वर्ष बितिसक्दा पनि गर्न नसक्नु नेतृत्वको गम्भीर कमजोरी हो।ू
उनले भ्रष्टाचारीको जात, गोत्र, थर र कुनै लिङ्ग नहुने भएकाले कारबाही गर्नुको विकल्प नभएको उल्लेख गरे । ूजुनसुकै व्यक्ति भएपनि भ्रष्टाचारी भ्रष्टाचारी नै होू उनले भने,ू भ्रष्टाचारीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन मिल्दैन।ू उनले पार्टीमा अलगअलग धारणा र दृष्टिकोण हुने भएपनि पार्टीमा सम्श्लेषण गरेर एक बनाउनु पर्नेमा जोड दिए। बिपीसँग सपना थियोे, समय थिएन तर हामीसँग समय भएर पनि सपना नभएको र काम गर्न नसकेको नसकेको बताए ।
कार्यक्रममा काङ्ग्रेस कोशी प्रदेश सदस्य विमल आचार्य देश र जनताको पक्षमा काङ्ग्रेस बाहेक कसैले काम गर्न नसक्ने दावी गरे। चर्का, आक्रोश र अराजक कुरा गरेर काङ्ग्रेसलाई सुधार्न नसकिने आचार्यले बताए । उनले जनता माँझ लिएर जाने कुरा अब पनि परिवर्तन नभए पार्टीको साख जोगाउन नसकिने उल्लेख गरे।
महिला नेतृ तथा कोशी प्रदेश सदस्य रञ्जिता कार्कीले काङ्ग्रेसमा केही नभएको सामान्य असन्तुष्टि र निरासा मात्रै उब्जिएको टिप्पणी गरिन्। उनले पार्टीलाई पुनर्ताजगी गर्नु पर्ने बताइन्। सामाजिक सञ्जाललाई हेरेर धारणा बनाउन र निरास नहुन कार्कीले आग्रह गरिन्।
झापा काङ्ग्रेसका उपसभापति केशवराज पाण्डेले कम्युनिस्टले सधैँ मुलुक भाड्ने काम मात्रै गरेको आरोप लगाए। राष्ट्रिय स्वतन्त्र पार्टीलाई जग नभएको पार्टीको संज्ञा दिए।
कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको सम्मान नभए नेता हुनुको अर्थ नहुने बताए। युवा नेताको अनुहार हेरेर पार्टी चल्दैन तर आस भत्कियो भने पार्टी पूर्णरुपमा कमजोर हुने दावी गरे। उनले गफभन्दा बढी कर्म गर्न केन्द्रीय युवा नेतृत्वलाई सुझाए।
झापा १ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले काङ्ग्रेस सरकारमा छ भन्ने अनुभूति गर्न नसकेको बताए । आदर्शको कुरा गरेर संगठन मजबुत नहुने उनको तर्क छ। उनले महाधिवेशनबाटै अनुशासन समिति निर्वाचित गर्नु पर्ने सुझाव दिए।
काङ्ग्रेस झापाका पूर्वउपसभापति राम कट्टेलले केन्द्रीय नेतृत्व सच्चिनु पर्ने, नत्र काङ्ग्रेसले दण्ड पाउने बताए । उनले भ्रष्टाचारमा मुछिएर जेल परेका बालकृष्ण खाँडलाई किन निलम्बन नगरेको भनेर प्रश्न गरे । उनले भ्रष्टाचारीलाई नजोगाउन नेतृत्वलाई चेतावनी समेत दिए।
कट्टेलले बहुमतको बलमा पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई हातखुट्टा बाँधेर राखेको भन्दै आक्रोश पोखे। उनले भने, ‘कार्यकर्ता पंक्ति होइन, नेतृत्व धमिलो छ, सच्चिनुको विकल्प छैन।’
काङ्ग्रेस मेचीनगर सभापति सुवेस पनेरू संघीय संसदमा महामन्त्री विश्वप्रकाश शर्माले १४ हजार ६७४ मत र प्रदेशमा ६ हजार बढीले जितेको ठाउँको संगठन कमजोर नभएको बताए । उनले केन्द्रीय नेतृत्वकै कारण काङ्ग्रेस कमजोर भएको जिकिर गरे।
उनीहरूले नेताले पार्टीलाई पेवा सम्झेर नीति, सिद्धान्त, आदर्श, मूल्यमान्यता बिर्सदा पार्टीमा समस्या र कार्यकर्तामा नैराष्यता उत्पन्न भएको बताए । गुटसुटमा नलाग्न उनीहरूले आग्रह गरे। वक्तव्यले कार्यकर्ता कसैको हलीगोठालो नभएको भन्दै आक्रोश पोखेका थिए।
नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश (क) सभापति हरि बुढाथोकी अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति गंगा कोइरालाले स्वागत र सञ्चालन सचिव इन्द्र आङ्देम्बे गरेका थिए। सम्मेलनमा सभापति बुढाथोकीले पेस गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चरम गुटबन्दीले पार्टी थिलथिलो –काङ्ग्रेस सहमहामन्त्री परियार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img