बिर्तामोड २३ भदौं । ५९ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बिर्तामोडस्थित तारा नमस्ते बालग्रामको बार्षिक साधारणसभासहित विविध कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा बालगृह महासंघ कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा बक्तृत्वकला प्रतियोगितासहित विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका संयोजक विश्वनाथ बरालले जिल्ला समन्वयमा कुनै पनि योजनाको बजेट नहुने स्पष्ट पार्दै बजेट विहिन अभिभावक बनेको बताए । आफूहरुसंग बजेट नभएपनि लक्षित क्षेत्रमा काम गर्नेहरुसंग समन्वयको प्रयास गर्ने बताए ।
संस्थाका अध्यक्ष नारायण पोखरेलको अध्यक्षतामा सम्पन्न्न कार्यक्रममा प्रमुख अतिथि बराल, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, शिक्षासेवी गुरुभक्त न्यौपाने, शिरो सान्दाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दिपेन्द्र राउतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष याम विमलीले स्वागत, औचित्यमाथि प्रकाश तथा अध्यक्षको तर्फबाट तारा नमस्ते बालग्रामको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६९ सालमा स्थापित तारा नमस्ते बालग्रामले सुविधा सम्पन्न आधुनिक पक्की भवन निर्माण गरेको छ । ३ कठ्ठा ५ धुर जमिनमा १७ कोठाको ३ तले भवन निर्माणसंगै बालबालिकाहरु बालग्राममा बस्न थालेका छन् । हाल बालग्राममा १२ जना बालक र १० जना बालिकासहित २२ जना आश्रित रहेको सञ्चालक यशोदा पोखरेल चापागाँईले जानकारी दिइन् ।
कार्यक्रममा काँकरभिट्टास्थित स्वबोध साधना केन्द्रका बालकृष्ण थपलिया, बन्दी सहायता केन्द्र नेपालका रञ्जित परियार, सुरुङ्गास्थित सुस्त श्रवण अपाङ्गता केन्द्रकी भगिरथा चापागाँई लगायतको उपस्थिति रहेको सञ्चालक समिति सदस्य गोमा भट्टराईले जानकारी दिइन् । ।
सो अवसरमा जग्गा दाता गुरुप्रसाद ओझा, शिक्षासेवी मोहन आचार्य, टोलसमितिका अध्यक्ष युवराज रिजाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमसहितका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
तारा नमस्ते बालग्रामको बार्षिक साधारणसभा तथा बालदिवस सम्पन्न

































































































