सामाजिक न्याय र आर्थिक सशक्तीकरणः
मानव बेचबिखनको निर्मूलन”
मूल नाराका भदौ २० गते साथ १७ औं राष्ट्रिय मानब बेचबिखन विरुद्धको दिवस देशब्यापि रुपमा विभिन्न कार्यक्रमका साथ मनाई रहेका छन ।मानबबेचबिखन अन्तर्राष्ट्रिय सबाल हो ,यो नेपालको लागि पनि समस्याको रुपमा आईरहेको छ ,मानव बेचबिखनका धेरै तौर तरिका र स्वरुपहरु बदलिएका छन, हिजो यौन शोषणका लागि ललाई फकाई हरेक तरहबाट भारतका कोठीहरुमा बिक्री गरिन्थ्यो भने आजको जटिल समस्या मध्ये एउटा बैदेशिक रोजगारमा अबैध रुपमा जानु बेचबिखनको जोखिममा पर्न सक्ने सम्भावना दिनानुदिन बढि रहेको छ ।
मानव बेचबिखन तथा ओसारपसार एक बहु आयामिक, बहुक्षेत्रगत एब बिश्व ब्यापी समस्याको रुपमा फैलिरहेको छ । समयको परिबर्तनसंगै मानव बेचबिखनको स्वरुप र आयामहरु परिवर्तन हुँदै आएका छन अशिक्षित चेतनाको कमी ,बेरोजार आर्थिक बिपन्नता जस्ता दर्जनौ समस्यामा जकडिएका महिला बालबालिका तथा युवाहरुको जमात बैदेशिक रोजगारमा आकर्षित हुँदै गइरहेका छन । पछिल्लो समय आन्तरिक बजार र बैदेशिक रोजगारका लागि हुने आप्रबासनका क्रममा यस्ता घटनाहरु घट्न बिज्ञान प्रविधिको बिकाससंगै सामाजिक सञ्जालको माध्यमबाट समेत घटनाहरु बढिरहेका छन् । यौन शोषण दासता, मानव अंग प्रत्यारोपण, जोखिमपूर्ण कार्यहरु बैदेशिक रोजगार पेपर म्यारिज, साथै घरेलु कामका लागि महिला तथा बालबालिकाहरु बेचबिखनमा परेका छन । यस्ता घृणित कार्य समाजका जधन्य अपराध हुन । नेपालमा शदियौ देखि बेचबिखन कार्य हुँदै आइरहेको भएपनि बैदेशिक रोजगारमा जाने सोझा साझा महिलाहरु पठाउने दलाल हरुका कुरामा चाडै बिश्बास गर्ने,जसरी भए पनि जान तयार पर्ने कहाँ जादैछु, आफु जाने देशको श्रम स्वीकृति छ छैन, भोली गएपछि पर्ने अप्ठ्यारोबाट कसरी निस्कने भन्ने सोच भन्दापनि आफु कसरी जाने र कमाउने भन्ने सोचले गर्दा धेरै महिलाहरु समस्या परेर बन्धक जीवन बिताउन बाध्य भएका छन् । आफू बेचिएको र उद्दारका लागि अपिल गरिरहेका अवस्था छ । यी सबै कारण अशिक्षा ,चेतनाको कमी बेरोगारी आर्थिक बिपन्नताका कारण आफू जोखिममा पर्नेभए पनि बैदेशिक रोजगार जानेको संख्या दिनानुदिन बढदो अवस्थामा छ । हुन त रोजगारीका निम्ति बिदेश जान पाउनु अधिकार पनि हो तर सबै कानूनी प्रकृया पुरा गरेर अथवा श्रम स्वीकृति लिएर जानेसंगै अवैध तरिकाले जाने क्रम उत्तिकै बढेकाले बेचबिखनको जोखिम, बन्धक रुपमा बस्न बाध्य, पैसा नपाउनु खान नपाउनु अपांग हुनु र आत्माहत्या गर्ने जस्ता हजारौं समस्यामा युवा तथा महिलाहरु परीरहेका छन् । यस्तो अपराध गर्ने अपराधीहरुलाई सजिलै कानूनको दायरामा ल्याउन नसकि रहेको चुनौतिपूर्ण अवस्था रहेको छ । आफ्ना हरेक बाध्यताका कारण बैदेशिक रोजगारमा जाने महिला तथा युबाहरुको सोचमा बिदेशमा सजिलै राम्रोसंग पैसा कमाउन सकिन्छ भन्ने मान्यताले अबैध रुपमा श्रम मान्यता नपाएका देशहरुमा जानाले अधिकांस जोखिमा परेका छन् । घरका काममा जाने महिलाहरु नै जोखिममा परेका छन । यौन शोेषण, श्रम शोषण दुबैमा पर्ने दिदी बहिनीहरु कतिपय बन्धकका रुपमा बन्दी बनाएर राखेका अवस्था पनि छ ।
रोजगारीका क्रममा श्रम संझैता नभएका देशहरूमा घरेलुु कामदार रुपमा लैजाने,
अन्तरदेशिय रुपमा बैबाहिक सम्बन्ध बनाई लैजाने ,
शैक्षिक परामर्श, नक्कली कागजातहरु बैंक स्टेटमेन्ट झुटा, स्पन्सर नाता प्रमाणित बनाई जाने या लैजाने । कतिपय अवस्थामा यो कार्य बैदेशिक रोजगारबाट सुरु भएर मानब वेचबिखनमा पुग्दछ । यी सबै हुनमा बैदेशिक रोजगारी सम्बन्धी पूर्ण ज्ञान बिना जानू नै श्रम शोषण, यौन शोषण, बन्धक रुपमा र मानव बेचबिखनको सिकार हुने गरेको पाईन्छ । बैदेशिक रोजगारका माध्यमबाट हुने बेचबिखनका समस्यहरुलाई केबल बैदेशिक रोजगारीका रुपमा मात्रै हेरिदिंदा यसको समस्याको नयाँ स्वरुप र ढङ्ग अझै बिकराल बन्दै गएको पाइन्छ । यस्ता जटिल समस्यालाई बैदेशिक रोजगारका सम्बन्धमा आएका मुख्य मुद्दाहरु मित्र मानव बेचबिखन, समस्या, स्थिति अवस्थालाई समेत जोडेर हेर्नुपर्ने ,कुरा आजका बैदेशिक रोजगारमा जाने महिलामा आएका जटिल समस्याले देखाएको छ । यस्ता समस्याहरुको समाधानका निम्ति सरकारी प्रयासहरु नभएको पनि होइन । तर, अझै दरो र प्रभाबकारी नीति नियमहरु बन्न सकिरहेको छैनन र भएका नियम कानुनहरु प्रभाबकारी कार्यन्वयन हुन जरुरी छ । मानव बेचबिखन तथा अबैध रुपमा, झुक्याएर लैजाने ब्यक्ति तथा संस्थाहरुलाई कडा कानुन र कार्यान्यन नहुदा उम्केका पिडितले प्रमाण जुटाउन नसक्नाले न्याय नपाएर न्यायको खोजीमा भड्कीरहेको छ । अर्कोतर्फ पीडक खुलेआम हिडेको अवस्था छ । यस्ता ब्यक्तिलाई कानूनको दायराबाट उम्कन नदिन सबैको उतिनै भूमिका रहनु पर्ने आवश्यकता रहेको छ । यस्ता मानव बेचबिखनका मानव तस्करलाई नियन्त्रण तिनै तहको सरकार, सुरक्षा कर्मी, नागरिक समाज अधिकार कर्मी, सञ्चार माध्यम र परिवारको समेत उत्तिकै महत्वपूर्ण भुमिका रहने हुनाले सबैसंग समन्वयको आवश्यकता रहेको छ । अन्तर्राष्ट्रिय रुपमा पनि मानब बेचबिखनको अपराधिक गतिबिधि नियन्त्रणका लागि अन्य मुलुकसंग पनि सहकार्य गरी पीडितलाई न्याय दिने, उद्दार गर्ने र पुनस्र्थापना गराउनु आवश्यक रहेको छ ।
अत्यमाः कुनै समस्या समाजमा आइरहदा आउने दिनहरुमा फेरि नदोहोरिनका निम्ति हामी सबै प्रयासरत हुन जरुरी छ । ,सचेतनाको कमिबाट हुने साना गल्ती कमजोरका कारण ठुला समस्याहरुमा परिरहेका घटनाहरु गाउँ घर समाजमा देखिरहेका छौ । यस्ता समस्याका निम्ति कहि न कहि जिम्मेवारी हाम्रो पनि रहेको छ । समाजमा बिकराल रुपमा आएको मानव तस्करी र लागू औषध दुव्र्यसनका समस्यालाई सामाजिक चेतना फैलाउन हामी सबै सबैसंग समन्वय गरौ । जनचेतना मुलक कार्यक्रममाहरु गरांै । सहि सूचनाहरु गाउँ घर समाज र स्कूलहरुमा दिदै जाउ । अपराधलाई अन्जानमा गरेको भनेर कानूनले छुट दिदैन, यस्ता कार्यहरु गर्नेबाट रोक्नका निम्ति जनमासमा चेतना फैलाउन कानूनी शिक्षा, चेतना मुलक कार्यक्रमहरु गर्न आवश्यक छ । गरेका कार्यक्रमहरु लक्षित बर्ग र समुहमा पुग्न जरुरी छ ।
धन्यवाद
मानव बेचबिखन नियन्त्रण सबैको सरोकारको विषय

































































































