भद्रपुर १९ भदौ । नेपाल निजामति कर्मचारी युनियन झापाको ३३ औैं स्थापना दिवसमा एक पत्रकारसहित १८ जनालाई सम्मान गरिएको छ ।
युनियनले चन्द्रगढिमा मंगलवार आयोजित कार्यक्रमका बिच पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी लगायत उत्कृष्ट कर्मचारी २ जना, समाजसेवी १ जना, युनियन झापाका पूर्वअध्यक्षहरु २ र १३ जना अवकास प्राप्त कर्मचारीसहित १८ जनालाई सम्मान गरिएको हो ।
कार्यक्रममा पत्रकार भण्डारी, समाजसेवी मेचीनगरपालिकाका मेची अभियान्ता विजय डालमियालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे युनियन झापा अध्यक्ष कविन्द्रबिक्रम नेम्वाङ लगायतले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।
दिवसको सन्दर्भ पारेर युनियन झापाका पुर्व अध्यक्षहरु देवी घिमिरे र दिनानाथ लम्साल तथा सेवा निवृत निजामति कर्मचारी डा. जयकुमार ठाकुर, रमेश कोईराला, जिवराज भट्टराई लगायतका १३ जनालाइ प्रमाण पत्र सहित दोसल्ला ओढएर समान गरिएको थियो।
यस बर्ष युनियनले उत्कृष्ट वन रक्षकको रुपमा डिभिजन वन कार्यलय झापाका वन रक्षक श्रीमणि गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थेवेले कर्मचारीहरुको आचरणमा सुधार ल्याउनु पर्नेमा जोड दिए। कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै युनियन अध्यक्ष नेम्वाङले सरकारले ल्याउन लागेको निजामती विधेयकले सबै कर्मचारीका हक अधिकार र सुविधालाई नसमेट्ने गरी आयाममा कर्मचारीहरुले आन्दोलन गर्ने बताए।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, सम्मानित व्यक्ति डा. ठाकुर, देवीप्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए।
नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चन्द्रकुमार पौडेलले गरेका थिए।
निजामती कर्मचारीको ३३ औं स्थापना दिवसमा पत्रकार भण्डारीसहित १८ जना सम्मानित

































































































