HomeFeatured 2काङ्ग्रेस महामन्त्रीले दिए सबै नेपालीलाई बधाई

काङ्ग्रेस महामन्त्रीले दिए सबै नेपालीलाई बधाई

झापा १८ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै नेपालीलाई बधाई दिएका छन् ।

नेपालले एसिया कप क्रिकेटको निर्णायक खेलमा भारतलाई २३१ रनको लक्ष्य दिए लगत्तै सामाजिक सञ्जालमा उनले लेखेका छन्,” बधाई टिम नेपाल, बधाई सबै खेलाडीलाई, बधाई सबै नेपालीलाई !”

उनले विश्व विजेता बनिसकेको देश भारतलाई २३१ रनको लक्ष्य, टिम नेपालले दिनु शानदार प्रदर्शन मात्रै होइन, एक ढंगले जितनै हो भनेका छन् ।

महामन्त्री शर्माले लेखेका छन्, “परिणामको गणित जे आउला, मैदान र मन नेपालले जितेको अनुभूति भएको छ l”

अर्का महामन्त्री गगन थापाले खेल सुरु हुन लाग्दा लेखेका थिए, ” म्याच डे टुडे! आज हामीले एसिया कप २०२३ को दोस्रो खेलमा इतिहासमै पहिलो पटक सिनियर लेभलमा भारतको सामना गर्दैछौँ। भारतीय क्रिकेटका हस्तिहरूले क्रिकेट खेलेको हेरेर धेरै हदसम्म प्रभावित भएका हामीहरूका लागि यो क्षण बहुप्रतिक्षित थियो।”

उनले थप लेखेका थिए,” सम्पूर्ण नेपालीको माया, साथ र समर्थन सहित आज नेपाली टिम मैदानमा हुनेछ । कुशल खेल प्रदर्शनका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक  शुभकामना!”

यी अभिव्यक्तिले काङ्ग्रेसका दुबै महामन्त्री राजनीतिसँगै खेलकुद र समग्र क्षेत्रमा अभिरुचि मात्रै होइन, गम्भीर चासो राख्छन् भन्ने पुष्टि गर्दछ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2काङ्ग्रेस महामन्त्रीले दिए सबै नेपालीलाई बधाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img