Homeसमाचारअनुभव साट्दै नारी सञ्चार गृहले मनायाे स्थापना दिवस

अनुभव साट्दै नारी सञ्चार गृहले मनायाे स्थापना दिवस

बिर्तामोड १८ भदौ। झापाली सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृहले १२ औँ स्थापना दिवस मनाएको छ । आज बिर्तामोडस्थित कार्यालयमा संस्थाले सदस्यहरुको अनुभव साटेर स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा संस्थापक सदस्यहरु भवानी क्षेत्री, कोपिला खड्का, इन्दू पूर्वेली, लीला अनमाेललगायतले संस्था स्थापना गर्दा भोग्नुपरेका दुःख तथा चुनौतीहरु सुनाएका थिए ।
झापाली पत्रकार महिलाहरुको वृत्तिविकास तथा क्षमता अभिबृद्धिका लागि संस्थाले स्थापना गरेको अक्षयकोषको लक्ष्य पूरा गर्न सबै सदस्यहरु एकजुट हुनुपर्ने उनीहरुको धारणा थियो । कोषमा हाल ३५ लाख रुपैयाँ जम्मा रहेको छ भने ५० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विनिशा शर्माले स्वागत र सञ्चालन सचिव मायामितु न्यौपानेले गरेकी थिइन् । कार्यक्रममा संस्थाका संस्थापकहरुको नाम संस्थापक अध्यक्ष दाहालले वाचन गरेर उद्घाटन गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअनुभव साट्दै नारी सञ्चार गृहले मनायाे स्थापना दिवस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img