HomeFeatured 2शब्दपत्र तेश्रो वर्षमा प्रवेश, प्राविधिक चौधरी सम्मानित

शब्दपत्र तेश्रो वर्षमा प्रवेश, प्राविधिक चौधरी सम्मानित

चारपाने १७ भदौ । शब्दपत्र प्रकाशन प्रा.लि. द्वारा संञ्चालित शब्दपत्र डटकम अनलाइन तेस्रो वर्षमा प्रवेश गरेकोे छ । वार्षिकोत्सवको अवसरमा आइतबार चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजित बार्षिकोत्सवमा अनलाइनका प्राविधिक अमरेशप्रसाद चौधरीले शब्दपत्रलाई प्राविधिक रुपमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगदसहित सम्मान समर्पण गरिएको छ । झापाको बिर्तामोडबाट सञ्चालित शब्दपत्र डटकमले उनलाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।
प्रकाशन प्रालिका अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष गिरीले पत्रकारिताको क्षेत्रमा शब्दपत्रले गरेको योगदानको चर्चा गरे । उनले पत्रकारिता क्षेत्र अफ्ठ्यारो अवस्थाबाट गुुज्रिरहेको बेला शब्दपत्रको निरन्तरता समाजका लागि अपरिहार्य रहेको बताए ।
२०७८ असोज २१ गतेबाट सुुरु भएको शब्दपत्र अनलाइनले जनताको आवाजलाई सम्वोधन गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ । कार्यक्रममा सञ्चालक समिति सदस्य बासुु दुुलालले समय सापेक्ष शब्दपत्रले पत्रकारिताको मूूल्य मान्यतामा आधारित रहेर अघि बढिरहेको चर्चा गरे ।
शब्दपत्र डटकमका कार्यकारी सम्पादक तथा प्रवन्ध निर्देशक उद्धव पुुरीले सञ्चालन गरेको कार्यक्रममा प्रालिका सञ्चालक उमेश भारतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, प्रालिका सञ्चालक पार्वता गिरी, शर्मिला पुुरी, इशा पुुरी, इन्द्रमणि पौडेल, अर्जुुन गिरी, खड्गराज गिरी, फोटो पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष बिनोद पाण्डे, प्रेस सेन्टरका सह–इन्चार्ज झुुलन रेग्मी, एभिन्युुज टिभीका झापा सम्वाददाता सन्तोष न्यौपाने, शब्दपत्रका भद्रपुुर सम्वाददाता राजुु बराललगायतको आथित्यता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2शब्दपत्र तेश्रो वर्षमा प्रवेश, प्राविधिक चौधरी सम्मानित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img