बिर्तामोड १७ भदौ । बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले महिला उद्यमीलेलाई कर नलगाउन र महिलाले उत्पादन गरेको सामग्री प्रवद्र्धनका लागि सहयोग पुर्याउन आग्रह गरेका छन् ।
नेपाल उद्यमशील महिला संघको छैटौं बार्षिक साधारणसभा बोल्ने अधिकांश वक्ताले घरायसी जिम्मेवारीलाई व्यवस्थापन गरेर उद्यमशीलतामा लागेका महिलाहरुलाई उद्यम र व्यवसायतर्फ प्रेरित गर्नका लागि पनि महिलाको उत्पादनमा कर नलगाउन र बजार प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेका हुन् ।
संस्थाकी अध्यक्ष पार्वता विमली खरेलको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभ रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाको बार्षिक गतिविधि र भावीयोजना समेटिएको प्रतिवेदन संस्थाका अध्यक्ष विमलीले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि रिजाल, विशेष अतिथि इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्की, अतिथिहरु चेम्बर अफ कमर्शका झापा अध्यक्ष ओमकृष्ण विमली, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, बिर्तामोड खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष मेघराज बास्तोला, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका सुवास भट्टराई, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, बीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, छठ महिला समाज बिर्तामोडकी अध्यक्ष हेमलता चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यशोदा प्रसाईले सञ्चालन गरेमा कार्यक्रममा देवीमाया पोखरेलले स्वागत उपाध्यक्षले गरेकी थिइन् ।
महिला उद्यममा प्रोत्साहन गर्न कर छुट र बजार प्रवद्र्धनमा सहयोग गर्न आग्रह

































































































