HomeFeatured 2स्व. प्रमोद तामाङ स्मृति पत्रकारिता पुरस्कार अधिकारीलाई

स्व. प्रमोद तामाङ स्मृति पत्रकारिता पुरस्कार अधिकारीलाई

भद्रपुर १५ भदौ । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक तथा स्व. प्रमोद तामा« उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार शुक्रबार एक समारोहका बीच वितरण गरिएको छ ।
संगठन परिसरमा संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा ती पुरस्कार वितरण गरिएको हो । गत साउन १५ गते स्व. प्रमोद तामाङको स्मृति दिवसको अवसरमा यस वर्षको उत्कृष्ट १० हजार राशीको उत्कृष्ट राष्ट्रसेवक पुरस्कार कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाक्य र कनकाई नगरपालिकाकी सिनियर अनमी दवाडी तथा उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने घोषणा गरिएको थियो ।
सो घोषणा अनुसारको पुरस्कार शुक्रबार वितरण गरिएको हो । समारोहका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य छविलाल चुडाल, कोशी प्रदेशका पूर्व सभा सदस्य बसन्त बानियाँ, संगठनका कोशी प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, संगठनका कोशी प्रदेश अध्यक्ष काशीराज पराजुली, नेकपा एमाले झापा जिल्ला उपसचिव असारु राजवंशी, एमाले झापा सचिवालय सदस्य देवराज कार्कीलगायतले पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि चुडाल, संगठनका कोशी इञ्चार्ज गुरागाईं, कोशी प्रदेश अध्यक्ष पराजुली, कनकाई नगरप्रमुख पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, एमाले झापा सचिवालय सदस्य कार्की, एकीकृत सरकारी कर्मचारी संगठन झापाका अध्यक्ष एवम् लेखक निरोज कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वक्ताहरुले निजामती सेवा ऐन जारी हुन नसक्दा प्रशासनिक सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको बताउँदै संघ र प्रदेशले यथाशक्य ऐन जारी गर्नुपर्ने उल्लेख गरेका थिए ।
सोही अवसरमा कनकाई नगरप्रमुख पोखरेलले स्व. प्रमोद तामाङ स्मृति अक्षयकोष बृद्धिका लागि आफ्नो एक महिनाको तलब बराबरको रकम रु. ३५ हजार सहयोग गर्ने घोषणा गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्व. प्रमोद तामाङ स्मृति पत्रकारिता पुरस्कार अधिकारीलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img