Homeसमाचारकसैको पनि भ्रष्टाचारको भारी कांग्रेसले बोक्दैन–महामन्त्री थापा

कसैको पनि भ्रष्टाचारको भारी कांग्रेसले बोक्दैन–महामन्त्री थापा

रेजिना गौतम

धुलाबारी १६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको कुनै पनि भारी पार्टीले बोक्न नसक्ने बताएका छन् । झापाको धुलाबारी शनिबार आयोजित मेचीनगर नगर सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारका मुद्दामा सबैमाथि निष्पक्ष छानविन हुनुपर्नेमा जोड दिए । कांग्रेसको नेता कार्यकर्ता भएर भ्रष्टाचारबाट जोगिन्छु भन्ने सोच कसैले पनि नराख्न सचेत गराउँदै भने–‘कांग्रेसले कसैका पनि भ्रष्टाचारको भारी बोक्दैन उनले थपे–‘जो सुकै होस् निष्पक्ष छानविन हुनुपर्छ, दोषी उम्किनु हुँदैन, निर्दोष फस्न हुँदैन यसमा कांग्रेस स्पष्ट उभिन्छ ।’देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको बताए । राज्यको स्रोत र साधनको जिम्मा लिएर बसेकाहरुले नै दुरुपयोग गरेको नागरिकलाई लागेको उल्लेख गर्दै ‘भ्रष्टाचारमा नेता नेताहरुबीच सौदाबाजी चल्ने गरेको बताए । उनले भने–‘भ्रष्टाचारको एउटा मुद्दा निस्कने वित्तिकै अर्कोले, अर्को, अर्को गर्दै विषय उठने र एकापसमा नेताले बसेर मिल्ने र मिलाउने गलत प्रबृत्ती भएको बताए ।
०८२ सालपछि पार्टीमा अहिलेको पार्टी नेतृत्व नहुने बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तलको समस्या मिलाउन कार्यकर्तालाई आग्रह गरेका छन् । झापाको धुलाबारी शनिबार आयोजित मेचीनगर नगर सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले “पार्टीको नेतृत्व ठिक भएन भनेर चिन्ता नगर्न सुझाउँदै भने–‘पार्टीको नेतृत्व ठिक भएन भनेर तपाईंहरु चिन्तै नगर्नुस्’ उनले थपे–‘तपाईंहरु तलको समस्या मिलाउनुस्, हामी माथिको समस्या लिलाउँछौं, ढुक्क हुनुस्, अगामी महाधिवेशनबाट अहिलेको नेतृत्व बिदा हुन्छ।’ पार्टीभित्र केही समस्या र अफ्ठयाराहरु भएको उल्लेख गर्दै थापाले कांग्रेसमा पुनर्जागरण को आवश्यकता औल्याए ।
केही नयाँहरुले ०८४ मा चुनावी परिणामको हुँकार गर्न थालेको उल्लेख गर्दै थापाले कांग्र्रेसलाई ०८४ को चिन्ता पटक्कै नभएको बताउँदै ढुक्क भएर जनता सेवाका काम गर्न सुझाव दिए । देश र जनताको हितमा काम गरे जनता आफैंले जोडिने उनको भनाई थियो ।
देश बदल्ने जिम्मा कांग्रेसको काँधमा रहेको बताउँदै महामन्त्री थापाले ‘एमालेले सडक किनारामा बसेर समस्या छ भन्दिए हुने र अर्कोले टङटङ घण्टी बझाइदिए पुग्ने बताउँदै भने–कांग्रे्रेसलाई त्यसो गरेर पुग्दै, देश बदल्ने जिम्मा कागं्रेसको काँधमा छ।’
पटक पटकका परिवर्तनले पनि देशको अवस्था बदल्न नसक्दा –‘समाजमा विश्वास डगमगाएको बताएका महामन्त्री थापाले भने,–‘डगमगाएको विश्वास , गुमेको आत्मविश्वास जगाएर १५ वर्षभित्र देश बदल्नु र बनाउनु छ।’ उनले थपे–यो अवसर अबको १० वर्ष मात्र छ, देश अब १५ वर्षमात्रै जवान रहन्छ त्यो पछि देशलाई पनि बुढ्यौलीले छुन्छ ।’
समाजमा छट्पटाहट छ,आक्रोश छ, नैराष्यता छ,तन्नेरीमा विदेसिने जोड छ, आमाबुबामा छोराछोरी विदेश ठेल्ने होड छ“ उनले भने,–कांग्रेसले यो कुरा मसिनो गरेर बुझेको छ,चार वर्षको चिन्ता छाडेर कांग्रेस देश बनाउन लागेको छ।’ देश बन्यो भने ०८४ को चुनाव हार्दा कांग्रेसलाई केही फरक नपर्ने थापाले बताए ।
महामन्त्री थापाले निरास नबन्न र दृढविश्वासका साथ अघि बढ्न नेताकार्यकर्तालाई आग्रह गर्दै आफूहरूकै पालामा देश समुन्नत हुने डाढस दिए ।
कांग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरु ( सुदय ) ले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको सम्मेलनमा सचिवद्वय मनोज घिमिरे र मुकेश लिम्बु, उपसभापति योगेन थापा मगरले १४ औँ महाधिवेशनपछि नगर नेतृत्वले गरेका काम, नगरको आगमी योजना र नगर पार्टीको वर्तमान अवस्थाका बारेमा प्रष्ट्याएका थिए।
सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, कोशी प्रदेश सदस्य विमल आचार्य, प्रदेश सांसद गोपाल तामाङ, झापा सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे, झापा १ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आ–आफ्नो धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकसैको पनि भ्रष्टाचारको भारी कांग्रेसले बोक्दैन–महामन्त्री थापा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img