Homeसमाचारजन्मदिनमा गंगाले गरिन नारी सञ्चार गृहको अक्षयकोषमा सहयोग

जन्मदिनमा गंगाले गरिन नारी सञ्चार गृहको अक्षयकोषमा सहयोग

बिर्तामोड । झापाका महिला पत्रकारहरूको छाता संस्था नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा’ बृद्धिका लागि बिर्तामोड ४ निवासी गंगा तिम्सिनाले आर्थिक सहयोग गरेकी छन् ।
परिवेश डिजिटल मिडिया प्रा.लि.का अध्यक्ष तथा परिवेश मिडिया डटकमका संचालक समेत रहेकी तिम्सिनाले आफ्नो जन्म दिनमा सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा पाँचहजार पाँचसय ५५ रुपैयाँ बराबरको चेक नारी सञ्चार गृहको टोलीलाई हस्तान्तरण गरेको अक्षयकोष बृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् ।
महिला पत्रकारको क्षमता र दक्षता अभिबृद्धि, संस्थाको दीगोपनाका साथै सञ्चारको माध्यमबाट अन्य विविध क्षेत्रमा काम गर्ने उद्देश्यले संस्थाले स्थापना गरेको अक्षयकोषमा सामाजिक व्यक्तित्व, संघ, संस्था, स्थानीय सरकारले सहयोग गर्दै आएको छ ।
५० लाखको लक्ष्य राखेर शुरु गरिएको कोषमा हालसम्ममा ३६ लाख रुपैयाँ संकलन भएको जानकारी दिंदै संस्थाकी अध्यक्ष रेजिना गौतमले सहयोगी मनप्रति आभार व्यक्त गर्दै धन्यवाद दिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजन्मदिनमा गंगाले गरिन नारी सञ्चार गृहको अक्षयकोषमा सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img