बिर्तामोड १४ भदौ । जातीय संस्कार र संस्कृति संरक्षणमा जुटेको नेवाः पासा मुना पुचः बिर्तामोडले हरेक बर्ष निरन्तर रूपमा मनाउदै आएको क्वाती पुन्ही यस बर्ष पनि मनाएको छ ।
बिर्तामोडको वन स्टप महल अगाडि आयोजित कार्यक्रममा आफ्नो संस्कृतिबारे र खानाबारे अन्य समुदायलाई पनि समेट्ने उद्देश्यले सामुहिक रुपमा क्वाती खुवाएर क्वाती पुन्ही मनाएको हो ।
नेपाल संवत ११४३ गुंलाथ्व पुन्ही शुभ अवसरमा सामुहिक र निःशुल्क क्वातीको आयोजना गरी क्वाती पर्व मनाइएको मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
बिर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न क्वाती पुन्हीको अवसरमा प्रमुख अतिथि शर्माले शुभकामना व्यक्त गर्र्दै बहुभाषी बहुजाति, बहुसंस्कृति नै नेपालको पहिचान भएको उल्लेख गर्दै यस्ता संस्कार संस्कृतिले सबैले सद्भाव र आपसी भाइचारा कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे । त्यस्तै मुना पुचः का अध्यक्ष श्रेष्ठले नेवार समुदायको एउटा परिकारको रुपमा चिनिएको ‘क्वाती पुन्ही’ सबैले मनाउन पर्नेमा जोड दिए । विभिन्न नौ थरी गेडागुडी मिश्रित उमारेर बनाइएको क्वाती खाँदा हुने फाइदाबारे जानकारी दिदै श्रेष्ठले सबैले खानुपर्ने बताए ।
कार्यक्रमा नेवाः नाच लाखे ठाकठुके नाच प्रदर्शन गरिदा दर्शक तथा सर्व साधारणको भिड लागेको थियो ।
सामुहिक क्वाती कार्यक्रममा मुना पुच बिर्तामोडका पुर्व अध्यक्षहरु, सल्लाहकारहरू साथै अग्रज ब्यक्तित्वहरु, बिर्तामोड, अर्जुन धारा लाखे संयोजकहरु,सस्थाका सदस्यहरु , संचार कर्मी अन्य संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखय उपस्थिति रहेको थियो ।
मुना पुचले संस्कृति प्रवर्धन गर्ने उद्देश्यले हरेक बर्ष लाखे नाचलाई पनि निरन्तरता दिइरहेको छ । पुचले बिर्तामोडमा गत नाग पञ्चमीका दिन देखि उदघाटन शुरू गरी दैनिक रूपमा लाखे सगै ठाकठुके नाच प्रदर्शन गरिरहेको छ । यस नाचको विसर्जन कृष्ण जन्माष्टमीका भोलि पल्ट विधिवत रूपमा गरिने आयोजकले जनाएको छ ।
क्वाती पुन्हीमा नेवाः पासा मुना पुचः बिर्तामोडद्वारा निःशुल्क क्वाती

































































































