HomeFeatured 2कांग्रेसको कनकाई नगर सम्मेलन सम्पन्न

कांग्रेसको कनकाई नगर सम्मेलन सम्पन्न

बिर्तामोड १३ भदौ । नेपाली कांग्रेस कनकाई नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मेलनको उद्घाटन गर्दै नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्नुपर्नेमा जोड दिए।
पार्टी संगठनलाई क्रियाशिल बनाउन जिल्लाका सबै वडातहमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य एवं महाधिवेशन प्रतिनिधिहरुलाई जिम्मेवारी दिएर पठाइएको बताउँदै विकास निर्माण एवं जनजीविकाका सवालमा उदाहरणीय कार्य गर्न कार्यकर्ताहरुलाई आग्रह गरे।
नगर सभापति दुर्गाप्रसाद प्रसाईले नगरले हालसम्म गरेका काम एवं आगामी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै कनकाईमा कार्यसमिति विस्तार गरिएको, पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्था गठन, संगठन विभाग गठन, विकास निर्माणको अनुगमन र खबरदारी गरिएको उल्लेख गरे ।
प्रशिक्षण विभाग, सूचना तथा प्रचार–प्रसार, कार्यक्रम तथा अभिलेख समिति विस्तार गरिएको जानकारी दिदै अध्यक्ष प्रसाईले प्रशिक्षण कार्यक्रम सञ्चालन, वडा परिचालन एवं ५४ वटा टोल समिति गठन, प्रतिकूल परिस्थितिमा परेका कार्यकर्ता एवं नागरिकलाई सहयोग, विपदमा परेकालाई उद्धार, राहत लगायतका कार्यक्रम सञ्चालन गरिएको बताए । हालसम्म भएका खर्चको विवरणसहितको प्रतिवेदनमा आगामी योजना समेत समेटिएको छ ।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरु राम गिरी, रमेशचन्द्र दाहाल, रामबाबु महर्जन, अन्नप्रसाद राजवंशी, दलबहादुर कुँवर, इन्द्रबहादुर थापा, लक्ष्मी शिवाकोटी लगायतलाई सम्मान गरिएको थियो ।
नगर सम्मेलनमा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य रञ्जिता कार्की, झापाका उपसभापति केशवराज पाण्डे,सचिव कृष्ण हुमागाई, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, जिल्ला प्रतिनिधि पर्शुराम ढुङ्गाना, शिव कडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा महाधिवेशन प्रतिनिधि भीम राजवंशी, एकराज उप्रेती, धनमाया चिमरिया, कविता बस्नेत, सिता थेवे, जिल्ला सदस्य कुमारमणि पोखरेल, लिला चिमरिया, गोविन्द प्रधान, खगेन्द्र प्रसाई, झुमा बेडारी, कनकाई नगरपालिकाका उपमेयर आशा शर्मा शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।
नगरसभापति प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तोष रायमाझी र सञ्चालन रेणुप्रसाद कडेलले गरेका थिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेसको कनकाई नगर सम्मेलन सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img