Homeसमाचारबार्षिक क्यालेन्डर बनाएर नियमित रुपमा पार्टीको कार्यक्रम एवं सामाजिक काममा सक्रिय रहन...

बार्षिक क्यालेन्डर बनाएर नियमित रुपमा पार्टीको कार्यक्रम एवं सामाजिक काममा सक्रिय रहन घिमिरेको आग्रह

बिर्तामोड ११ भदौ । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर- ५ (ख) को प्रदेशसभा क्षेत्रीय सम्मेलन आज दमकमा सप्पन्न भएको छ ।
नेपाली काङ्ग्रेसका पुर्ब केन्द्रीय सदस्य गुरुराज घिमिरेले सम्मेलनको उद्घाटन गर्दै पार्टी संगठनलाई बढाएर सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी रहनुभएका घिमिरेले पार्टी सगठन चलायमान बनाउन बार्षिक क्यालेन्डर बनाएर नियमित रुपमा पार्टीको कार्यक्रम एवं सामाजिक काममा सक्रिय रहन आग्रह गर्नुभयो ।
कार्यक्रमका बिशेष अतिथी एवं नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले पार्टी बलियो बनाउने आधार टोल र वडा समिति भएको बताउदै जिल्ला समिति र महाधिवेशन प्रतिनिधिलाई वडा तहमा जिम्मेवारी दिएर पठाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका पुर्ब केन्द्रीय सदस्री दिलिप राई, झापा उपसभापति शेरबहादुर भट्टराई, कोशी प्रदेश समिति सदस्य चन्द्रा खड्का भट्टराई, भुमिराज राई, प्रकाश कार्की, महाधिवेशन प्रतिनिधि मेदनी सिटौला, अनिलकृष्ण प्रसाईं, नेत्र बुढाथोकी, राजन ढुङ्गाना, महिला सङ केन्द्रीय सदस्री लक्ष्मी बारकोटी प्रसाईं, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियोे ।
प्रदेशसभा क्षेत्रीय सभापति रबि केसी न्यौपानेको सभापतित्वमा सप्पन्न कार्यक्रममा राजनीतिक एवं आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियोे । सुरेन्द्र कटुवालले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन तोया चापागाईंले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबार्षिक क्यालेन्डर बनाएर नियमित रुपमा पार्टीको कार्यक्रम एवं सामाजिक काममा सक्रिय रहन...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img