HomeFeatured 2चन्द्रगढीको पहिचान झल्कने स्तम्भ राख्ने सहमति

चन्द्रगढीको पहिचान झल्कने स्तम्भ राख्ने सहमति

भद्रपुर १० भाद्र । झापको सदरमुकाम चन्द्रगढीको पहिचान बचाउने उद्देश्यले चन्द्रगढीको पहिचानसहितको स्तम्भ राखिने भएको छ ।
देशमा गणतन्त्रको स्थापना भए पश्चात् स्थानीय निकायहरुको पुनः संरचना भएसंगै साविक चन्द्रगढी गाविस भद्रपुर नगरपालिकामा समायोजन भएको र चन्द्रगढीको अस्तित्व घट्दै गएको सरोकारवाला चन्द्रगढीबासीहरुको गुनासो रहेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले आइतबार बोलाएको सर्वपक्षीय भेलाले चन्द्रगढीको पहिचान जोगाउन साविक चन्द्रगढी गाविस अर्थात भद्रपुर १० को वडा कार्ययलय अगाडि चन्द्रगढीको पहिचानसहितको स्तम्भ राख्ने सर्वसम्मत निर्णय गरेको हो ।
केन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न भेलामा भद्रपुर नगरपालिका वडा नं. ७, ८ र १० का वडाध्यक्षहरु क्रमशः अभिषेख ढुङगाना, गौरब सुब्बा, टेकबहादुर खड्का काजी भद्रपुर ९ कि वडा सदस्य मञ्जु पोखरेल, खानेपानी उपभोक्ता तथा सरसफार्इ समिति चन्द्रगढीका अध्यक्ष पुरुषोतम अधिकारी लगायतका सहभागीहरुले आ–आफ्ना सुझावहरु राखेका थिए ।
खड्गबहादुर बुढाथोकीको संचालनमा सम्पन्न भेलामा समाजसेवी ज्योति रिजाल न्यौपाने ,शुसिला बस्नेत राजनीतिक दलहरुबाट खेम भट्टराई निरु सञ्जेल बिष्णु काफ्ले लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चन्द्रगढीको पहिचान झल्कने स्तम्भ राख्ने सहमति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img