Homeसमाचारनेपाल महिला संघकी संस्थापक मंगलादेवीको स्मृतिमा विविध कार्यक्रम

नेपाल महिला संघकी संस्थापक मंगलादेवीको स्मृतिमा विविध कार्यक्रम

बिर्तामोड १० भाद्र । नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको २७ औं स्मृति दिवस विविध कार्यक्रमका साथ देशभर सम्पन्न भएको छ । महिलाहरुको मुक्ति र अधिकार स्थापनाका लागि महिलाहरुलाई संगठित गर्दै राणाशासन एवं पञ्चायती शासनसत्ताका विरुद्ध आन्दोलनको नेतृत्व गर्ने मंगलादेवी सिंहको २०५३ साल भदौ १० गते निधन भएको थियो ।
उहाँको स्मृति दिवसको अवसर पारेर नेपाल महिला संघ झापाले विचार गोष्ठी सम्पन्न गरेको छ । विचार गोष्ठीमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले महिलाहरु शक्तिको खानी भएको बताउँदै समान अधिकार दिएर अघि बढाउन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । ‘महिला कमजोर छैनन’– नेतृ ढकालले भन्नुभयो–‘त्यसको उदाहरण मंगला आमा हुनुहुन्छ । प्रतिबन्धित कालमा सम्पन्न परिवारभित्रबाट संघर्ष गर्न सजिलो थिएन, तर उहाँ घर–परिवार, समाजभन्दा माथि उठेर आम महिलाहरुको अधिकारका लागि जुट्नुभयो।’
कार्यक्रमका विशेष अतिथि गोमादेवी भट्टराईले महिलाहरुलाई निर्णायक बैठकहरुमा नराखिने गरेको बताउँदै अझै पनि समाजले महिला नेतृत्वलाई पूर्ण रुपले स्वीकार नगरेको धारणा राख्नुभयो । प्रत्यक्ष तरिकाले संगठन गर्न नसकिने अवस्थामा मंगलादेवी सिंहले बनभोज, घरायसी भेटघाटजस्ता अप्रत्यक्ष माध्यमबाट महिलाहरुको नेतृत्व गरेको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि देउकुमार थेवेले महिला संघलाई गाउँ÷नगर, वडासम्म विस्तार गरेर सक्रिय बनाउन आग्रह गर्नुभयो । महिलाहरुको अधिकारका लागि मंगलादेवी सिंहले उठाएका अधिकारका सवालहरु अहिले पनि पूर्ण रुपमा कार्यान्वयन भइनसकेको बताउँदै उहाँले राणा शासनको अन्त्य एवं पञ्चायती शासन ब्यवस्थाका विरुद्ध सिंहले गर्नुभएको योगदान पार्टीका लागि उत्तिकै महत्वपूर्ण भएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, नेपाल महिला संघ झापाका पूर्व सभापति यज्ञकुमारी सिटौला, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, मिरा खड्का, झापा सचिव कृष्ण हुमगाई, महाधिवेशन प्रतिनिधि टंक विश्वकर्मा, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले मन्तब्य राख्दै प्रतिबन्धित कालमा विभिन्न तरिकाले महिलाहरुलाई भेला गरेर संगठित रुपमा महिला मुक्तिका लागि मंगलादेवी सिंहले गर्नुभएको संघर्ष, त्याग र योगदान प्रसंशा गरेर नसकिने बताउँदै पार्टीले उहाँको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरु भुमादेवी घिमिरे, सेलेतुन खातुन, पम्फा विश्वकर्मा, विष्णुमाया बेघा, गिता ढुंगाना, रचना घिमिरे, विना तामाङ, शर्मिला अधिकारी, उर्मिला गौतम, झुमा वेडारी, लगायतले मन्तब्य राख्दै २००४ सालदेखि मंगलादेवी सिंहले उठाएका महिला सहभागिता र आरक्षणको विषय अहिले पनि पूर्ण रुपमा कार्यान्वयनमा नआउनु दुःखद भएको बताउँदै आगामी दिनमा महिलाहरुले पार्टी एवं महिला संघभित्र गरेको योगदान, त्याग र संघर्षका आधारमा अवसर उपलब्ध गराउन माग गरेका थिए ।
निर्णायक तहमा महिलाहरुलाई अवसर उपलब्ध गराए जस्तोसुकै जिम्मेवारी पूरा गर्न सक्षम रहेको बताउँदै अधिकांश बक्ताहरुले अन्तरदलीय सहकार्य गरेर कानुनी रुपमा प्राप्त भएका महिला अधिकार कटौती नगर्न पनि सुझाव दिएका थिए भने कानुनी रुपमा सुनिश्चित भएका अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिएका थिए ।
नेपाल महिला संघ झापा अध्यक्ष टिकादेवी सिटौला मैनालीको सभापतित्व एवं कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत गिता ओडारी खरेलले गर्नुभएको थियो भने सञ्चालन सचिव उर्मिला ढकाल पोखरेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल महिला संघकी संस्थापक मंगलादेवीको स्मृतिमा विविध कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img