Homeसमाचारपत्रकार उपचार कोषलाई अधिकारी परिवारको १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारको १० हजार सहयोग

भद्रपुर । भद्रपुर १० चन्द्रगढी निवासी स्वर्गीय काशिनाथ अधिकारीको स्मृतिमा अधिकारी परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाको साहारा पत्रकार उपचार कोषलाई १० हजार एक सय पाँच रूपैया सहयोग गरेको छ ।
गत वर्ष भदौ ८ गते ७० वर्षको उमेरमा उपचारको क्रममा निधन हुनु भएका पति तथा शसुरा बुबाको स्मृतिमा पत्नी गंगादेवी अधिकारी र बुहारी मञ्जु खतिवडा अधिकारीले पत्रकार उपचार कोषलाई सो रकम सहयोग गर्नु भएको हो ।
खोटाङ्ग जिल्लाको साविक डुम्रेधारापानी १ हिडपा गुहेलेमा वि सं २००९ साल अशोज १३ गते जन्मनु भएका स्वर्गीय अधिकारी लामो समय सरकारी सेवामा कार्यरत राष्ट्र सेवक हुनुहुन्थ्यो । उहाँ परिवार सहित भद्रपुर १० चन्द्रगढीमा २०६० सालदेखि स्थायी बसोबास गर्दै आउनु भएको थियो । १० वर्ष सरकारी शिक्षकका रूपमा सेवा गर्नु भएका उहाँले ३२ वर्ष निजामती कर्मचारी भएर सेवा निवृत्त हुनु भएको थियो भने पाचन प्रणालीमा पलाएको ऐजरूको शल्यक्रियाको क्रममा २०७९ भदौ ८ गते भक्तपुरको सल्लाघारी क्यान्सर अस्पतालमा निधन भएको थियो ।
स्वर्गीय अधिकारीका दुई छोरा द्रोण अधिकारी र ठाकुर अधिकारी छन् भने एक छोरी अनिता अधिकारी पोखरेल र ज्वाई डिल्ली पोखरेल तथा बुहारीहरू मञ्जु खतिवडा अधिकारी र राधा रिमाल अधिकारी सहित दुई नाती र दुई नातिनी रहेका छन् ।
स्वर्गीय अधिकारीले खोटाङ्गमा रहदा विद्यालय स्थापनादेखि सामाजिक जागरणसम्मका समाज सेवाका काममा योगदान पुर्याउनु भएको स्मरण गर्दै परिवारले समाजमा केही न केही देन दिने प्रतिबद्धता जनाएको छ ।
उपचार कोषका संयोजक केशव भट्टराइले साहारा पत्रकार उपचार कोष झापाली सञ्चारकर्मीको साझा कोष भएकोले दाताहरूको माया पाइरहेको बताउनु भयो । उहाँले समाज विकासमा सञ्चारकर्मीको उल्लेख्य योगदान रहने भए पनि आर्थिक रूपमा सवै सञ्चारकर्मी सवल बन्न नसक्दा सामान्य रोग लाग्दा पनि उपचारमा समस्या परेर बस्नु नपरोस् भन्दै कोष स्थापना गरेर सहयोग गरिरहेको जानकारी दिनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकार उपचार कोषलाई अधिकारी परिवारको १० हजार सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img