Homeसमाचारसाईवर कानून तथा अदालती अभ्यासका बारे अन्तरक्रिया

साईवर कानून तथा अदालती अभ्यासका बारे अन्तरक्रिया

भद्रपुर ८ भदौ । झापाको चन्द्रगढीमा नेपालमा साईवर कानून तथा अदालती अभ्यासका बारेमा एकदिने अन्तरक्रिया सम्पन्न भयको छ ।
नेपाल बार एशोसियसन झापाको आयोजना तथा डेल्टा ल पार्टनर्स माईतिघरको संयोजनमा एशोसिएसनको सभाहल चन्द्रगढीमा शुक्रबार आयोजित कार्यक्रमको सहजिकरण अधिवक्ता बाबुराम अर्यालले गरेका थिए।
साईवर कानूनको अवधाराणा, इतिहास प्रचलित कानून र यसको प्रयोगका बिषयमाथि प्रकाश पार्दै उजुरी, जरिवाना तथा कारवाही बिषयबारे स्पष्ट पारेका थिए।
झापा वारका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बारका सदस्य लक्ष्मिप्रसाद शिवाकोटी र उद्देश्यमाथि उपाध्यक्ष भिम बरालले प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, जिल्ला न्यायधिस झापाका चन्द्रमणि ज्ञवाली, लगायतले मन्तब्य राखे।
कार्यक्रममा सरोकारवालाहरु झापाका कानून व्यावसायीहरु, जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत रहेका अनुसन्धान अधिकृतहरु लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाईवर कानून तथा अदालती अभ्यासका बारे अन्तरक्रिया
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img