HomeFeatured 2कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधार र विकासका कामको प्रचार हुन सकेन:...

कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधार र विकासका कामको प्रचार हुन सकेन: शर्मा

शनिश्चरे ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस सरकारमा भएका बेला शिक्षा, स्वास्थ्य, सञ्चार र सडकमा आमूल परिवर्तन भएको बताएका छन् ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको आयोजनामा स्थानीय पितृ उद्धार भवनमा आयोजित नगर सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै युवा नेता शर्माले कांग्रेस सरकारमा रहँदा थुप्रै नीतिगत सुधार एवं विकासका काम गरेपनि प्रचार–प्रसार गर्न नसकेको बताए ।
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’–महामन्त्री शर्माले भने–‘अब कामको प्रचार जनसमक्ष पु¥याउनुपर्छ ।’
‘कोही पनि भ्रष्टाचारी नउम्केओस र निर्दोषले कारबाही भोग्न नपरोस भन्नेमा कांग्रेस स्पष्ट छ’– पार्टीले भ्रष्टाचारका विषयमा आफ्नो प्रष्ट धारणा राख्दै आएको बताउँदै नेता शर्माले प्रतिपक्षी दललाई संसदको अवरोध हटाएर निश्पक्ष छानविनमा सघाउन आग्रह समेत गरे । नेकपा एमालेले सयकिलो सून तस्करीका विषयमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने मागसहित महिनौदेखि सदन अवरुद्ध गर्दै आएकोप्रति शर्माले सीआइवीलाई निश्पक्ष छानविन गर्न दिनुपर्ने र सबैले छानविनमा सहयोग पु¥याउनुपर्ने धारणा राखे ।
कांग्रेस रुपान्तरण अभियानमा जुटेको बताउँदै नेता शर्माले आन्तरिक विशेष अभियान सफल भएको र अब ‘समूदायमा कांग्रेस’ कार्यक्रमका साथ जनतामाझ पुग्ने बताए । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकालले महिलाहरुलाई अवसर दिएर पार्टीको रुपान्तरणमा समाहित गर्न आग्रह गरे ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले चौधौं महाधिवेशन पछाडि झापामा नेता–कार्यकर्तालाई क्रियाशील बनाउँदै संगठन सुदृढीकरण एवं सामाजिक सेवा, विकास निर्माण र विपद्मा पार्टीका नेता कार्यकर्ताहरु वडा, टोल एवं समूदायसम्म पुगेर काम गरिरहेको बताए । यसका लागि झापाका सबै वडा तहमा पार्टीका पदाधिकारी÷सदस्य, महाधिवेशन प्रतिनिधिहरुलाई खटाइएको उनको भनाई थियो ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका सभापति हेमराज खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, हरिश्चन्द्र बास्तोला, नारायण पौडेल, केशव सुवेदी, भक्ति सिटौला, सञ्जय थापा, सन्देश दाहाल, विनु ओली लगायतले मन्तब्य राखेका थिए ।
समितिका सचिव इन्दिबर खड्काले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत उपसभापति प्रशान्त भण्डारी र सञ्चालन मेदनी गुरागाईले गरेको प्रदेश क्षेत्रीय प्रतिनिधि जयकुमार दाहालले जानकारी दिए। सम्मेलनमा जिल्ला सदस्य एवं प्रतिनिधि धर्म लक्सम्बा, कोशी प्रदेश सदस्य रञ्जिता कार्की, मिरा खड्का, राजकुमार बराइली, महाधिवेशन प्रतिनिधि दिपक तामाङ, सिता पौडेल, भुमा घिमिरे, सुरेश सुब्बा, राजन ढुङ्गाना, पुण्य ओझा, जिल्ला सदस्यहरु देविका बस्नेत, ध्रुव ओली, पम्फा वि.क., एलबहादुर गिरी, तारा कार्की, ईश्वर खवास, टंक विश्वकर्मा, शिव कडेल, नेपाल महिला संघ झापा सभापति टिकादेवी मैनाली, प्रदेश क्षेत्रीय सभापति किरण श्रेष्ठ, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष मदन कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधार र विकासका कामको प्रचार हुन सकेन:...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img