Homeसमाचारनक्स्लाइटले ५२ वर्ष अघि हत्या गरेका कर्णबहादुर गौतमको परिवारलाई न्याय दिलाउन सहयोग...

नक्स्लाइटले ५२ वर्ष अघि हत्या गरेका कर्णबहादुर गौतमको परिवारलाई न्याय दिलाउन सहयोग गर्ने काङ्ग्रेस महामन्त्री शर्माको आश्वासन

धुलाबारी २ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री तथा झापा १ का संघीय सांसद विश्वप्रकाश शर्माले तत्कालीन नक्स्लाइट (नक्सलवादी) हरुले ५२ वर्ष अघि हत्या गरेका कर्णबहादुर गौतमको परिवारलाई न्याय दिलाउन आफूले सक्दो सहयोग गर्ने वचन दिएका छन् ।

गौतम हत्याको सर्जमिनको छाँयाप्रति बुझ्दै शर्मा कानुनी लडाइँमा सहयोग गर्ने र सरकारको ध्यानाकर्षण गराउन पहल गर्ने बताए।

” यो र यस्तै घटनामा टेकेर नै मुलुकमा ठूल्ठूला उपलब्धी भएका छन् ” उनले भने, “यस घटनाका साक्षीहरु दिनप्रतिदिन घट्दै गएकाले यस्ता घटनाको अभिलेख राख्ने र यसबारेमा केन्द्रमा आवश्यक छलफलको वातावरणमा जुट्छु।”

२०२८ साल जेठ २ गते नक्स्लाइटहरुले चुप्पी, भाला र धारिलो हतियार प्रयोग गरेर तत्कालीन ज्यामिरगडीको बिचार्नीमा बिभत्स हत्या गरेका थिए। कथित किसान आन्दोलनका नाममा सामन्त सफाय गर्ने भन्दै तत्कालीन राज्य विद्रोही वामपन्थीले कर्णबहादुरको घाँटी रेटेर हत्या गरेका थिए।

कर्णबहादुर अर्काको घरमा हली बसेका सर्वसाधारण व्यक्ति थिए। हत्या भएको समयमा कर्णबहादुर जमिनदार रघुवीर बुढाथोकीकोमा हली बसेका थिए।

गौतम समाज झापाले सांसद शर्मालाई मागपत्र समेत बुझाएको छ। मागपत्रमा कर्णबहादुर झापाको किसान विद्रोहकाे पहिलो निसाना भएको र अहिलेसम्म उनको परिवारले कहिँकतैबाट कुनै पनि प्रकारको सहयोग नपाएकाले गौतम परिवारलाई राज्यको तर्फबाट उचित सम्बाेधन र राहत माग गरिएको छ।

कर्णबहादुरको परिवारको बिचल्ली भएपछि गौतम समाज झापाले यो मुद्दालाई उठाएको हो। समाजले घटनाका प्रत्यक्षदर्शीहरुसँग भेटेर सर्जमिन गराएको छ।

सर्जमिन साउन ४ गते झापाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाउने कार्यक्रम रहेको समाजका प्रवक्ता राजेन्द्र गौतमले बताए। कर्णबहादुरको परिवारलाई न्याय दिलाउन समाज दृढतापूर्वक अघि बढेको उनको भनाइ छ।

गाैतम समाज झापाका अध्यक्ष नीतिरमण गाैतम,सचिव साेमनाथ गाैतम,काेषाध्यक्ष लक्ष्मीप्रसाद गाैतम, सदस्य वेदनिधि गाैतम, बिर्तामोड अध्यक्ष जयनारायण गाैतम र मेचीनगर उपाध्यक्ष गाैरीशंकर गाैतम लगायतले सो क्षेत्रका सांसद शर्मालाई मागपत्र बुझाएका हुन् ।

“टाउको काट्ने अभियान” वामपन्थीले त्यसबेला झापामा कर्णबहादुर गाैतम , बुटन चाैधरी, विष्णुप्रसाद विमली, इश्वरी चुडाल, रुद्रकान्त चाैधरी , धर्मप्रसाद ढकाल र उनका छाेरा ज्ञानीराम ढकालकाे हत्या गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनक्स्लाइटले ५२ वर्ष अघि हत्या गरेका कर्णबहादुर गौतमको परिवारलाई न्याय दिलाउन सहयोग...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img