HomeFeatured 2अबको युवा समस्याको समधान दिने हुनुपर्छ–महामन्त्री थापा

अबको युवा समस्याको समधान दिने हुनुपर्छ–महामन्त्री थापा

बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन २० बर्षे योजना तयार गर्नुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ झापा अन्तर्गत कनकाई र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिको आयोजनामा आज विर्तामोडमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो धारणा राखेका हुन् ।
‘यहाँको पपुलेशन हेर्दा अबको २० बर्षमा नेपाल बुढो हुन्छ’–प्रतिनिधिसभाको सांसद समेत रहेका थापाले भने–‘२० बर्ष अघि नै नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सकेमात्रै यसको विकास सम्भव छ, बुढो भएपछि विकास सम्भव हुँदैन ।’ जापान र कोरियाको उदाहरण प्रस्तुत गर्दै महामन्त्री थापाले ती देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका कारण अहिले विदेशबाट कामदार लगेर रोजगारी दिन सम्भव भएको भनाई राखे।
‘हामीलाई नेपालको विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ’–नेता थापाले भने–‘हामीलाई गनगन गर्ने र समस्या मात्रै ओकल्ने मान्छे चाहिएको छैन । समस्या त जसले पनि भन्छ ।’ युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने उनको विश्वास थियो ।
आफूले थाहै नपाई नेविसंघको झण्डा बोकेको बताउँदै नेता थापाले भने–‘नेविसंघ एउटा स्कुल हो, यहाँ थुप्रै कन्टेन्टहरु छन् । लर्निङ एण्ड डुइङको अवसर छ । यहाँ प्रवेश गरेको मान्छेले कहिल्यै पछुताउनुपर्दैन ।’
राजनीतिक भाषणभन्दा पनि युवा विद्यार्थीप्रति लक्षित एवं आफ्नो विद्यार्थी जीवन र नेविसंघमा हुँदा सिकेको सिकाइका विषयमा लगभग ४५ मिनेट मन्तब्य राखेका थापाले कहिलेकाँही थाहै नपाई गरिएको निर्णयले पनि जीवनलाई सफलतातर्फ मोड्ने छ भन्दै आफ्नै उदाहरण प्रस्तुत गरे ।
‘पहिलोपटक जेल पर्दा स्वतन्त्रता के हो रु भन्ने कुरा सिकें’ –नेता थापाले भने–‘दिनभरमा एकपटक मात्रै शौचालय जान र खाना खान दिइन्थ्यो, त्यसबेला मात्रै मैले स्वतन्त्रताको अर्थ बुझें, त्यसबेला स्वतन्त्रताको महत्व थियो ।’ अब प्राप्त गरिसकेको वस्तुको खासै अर्थ नहुने र स्वतन्त्रताका लागि लडाईं लड्नुनपर्ने बताउँदै नेता थापाले अब पपुलिजमका विरुद्ध लडाई लड्नुपर्ने अवस्था आएको बताए ।
आफूलाई आम निर्वाचन २०८४ को भन्दा नयाँ पुस्ताले कस्तो नेपाल पाउँछन् ! भन्ने चिन्ता रहेको बताउँदै नेता थापाले नयाँ आउने राजनीतिक शक्तिहरुले उत्तेजनाको राजनीति गरेको बताउनुभयो । उत्तेजनाकै राजनीतिका कारण माओवादी द्वन्द्वकालमा देश विकासका दृष्टिकोणले पछि परेको बताएका थापाले नयाँ राजनीतिक दलहरुले समेत उत्तेजनाको राजनीति गरिरहेका कारण तिनका पछि नलाग्न र चेतनाको राजनीति गर्न युवाहरुलाई आग्रह समेत गरे । ‘नेविसंघका नेताहरुको राजनीति, जीवनशैली एवं समाजसेवा देखेर स्कुल जीवन सकेर कलेज प्रवेश गर्दै गरेको विद्यार्थी प्रभावित हुनुपर्छ’–नेता थापाले भने–‘तपाईहरु चेतना र समृद्धिको राजनीतिमा लाग्नुस्।’
नेविसंघ कनकाई इकाई समिति अध्यक्ष किरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे, सचिव नवीन विमली, कोषाध्यक्ष जलकुमार गुरुङ, इलामका पूर्व सभापति हिमालय कर्माचार्य, नेपाल प्रेस युनियन केन्द्रीय सचिव रेजिना गौतम, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य उर्मिला पोखरेल, जिल्ला सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, नेविसंघ एवं तरुण दलका केन्द्रीय सदस्यसहित विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नेविसंघ झापा सभापति सञ्जय निरौलाले स्वागत गरेको कार्यक्रम गोकुल पौडेल र गृष्मा सापकोटाले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अबको युवा समस्याको समधान दिने हुनुपर्छ–महामन्त्री थापा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img