Homeसमाचारबिर्तामोड लेडीले गर्याे गाेलाेक गाेवर्द्व गाैशालाका गाैलाई लम्पी स्किन भ्याक्सिन र खाध्धान्न...

बिर्तामोड लेडीले गर्याे गाेलाेक गाेवर्द्व गाैशालाका गाैलाई लम्पी स्किन भ्याक्सिन र खाध्धान्न व्यवस्थापन

सतासीधाम १ भदौ । झापाकाे सतासीधाम स्थित गाेलाेक गाेवर्द्व गाैशालामा संरक्षित गाईलाई लम्पी स्किन भ्याक्सिन लगाउनुका साथै जुकाकाे ओैषधी समेत खुवाइएकाे छ ।
लायन्स क्लव अफ बिर्तामोड लेडीकाे आयाेजनामा गाैशालामा संरक्षित गाैलाई लम्पी स्किन भ्याक्सिन लगाउनुका साथै जुकाकाे ओैषधी समेत खुवाइएकाे थियाे ।
लायन्स क्लव अफ बिर्तामोड लेडीले भाद्र महिनामा गर्ने सामाजिक कार्यक्रम अन्तरगत गाै माताकाे सेवा गरेर कार्यक्रमकाे प्रारम्भ गरेकाे अध्यक्ष निरू उप्रेती ओलीले बताइन ।
लायन्स क्लबका ३२५ सी का क्याबिनेट सेक्रेटरी लिला चिमरियाकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सतासीधामका अध्यक्ष बेदप्रकाश अग्रवाल, मन्दिरका संरक्षक घनश्याम खनाल, लायन्सका डिष्ट्रिक चिफ सत्यनारायण शर्मा, निरज ओली, डा. कैलाशप्रसाद सिंह लगायतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
साे अवसरमा लायन्सले गाैशालामा संरक्षित ५५० वटा गाैलाई भिटामिन, मल्टिभिटामिन, क्याल्सियम, आइरन सहित गाैलाई खुवाउने दानाकाे समेत व्यवस्थापन गरेकाे थियाे ।
विभिन्न सामाजिक कार्यमा संलग्न लायन्स क्लब अफ बिर्तामोड लेडीले घर पालुवा जनावरकाे सेवालाई पनि तिब्रता दिएकाे छ ।
यश अघि बाघ दिवसकाे अवसर पारेर बिर्तामाेडका सामुदायिक कुकुरलाई सामुहिक भाेजन गराएकाे थियाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड लेडीले गर्याे गाेलाेक गाेवर्द्व गाैशालाका गाैलाई लम्पी स्किन भ्याक्सिन र खाध्धान्न...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img