Homeसमाचारपानीको स्रोतको खोजीमा बिर्तामोड खानेपानी,गत आवमा पाँचकरोड ६७ लाख बढी महशुल संकलन

पानीको स्रोतको खोजीमा बिर्तामोड खानेपानी,गत आवमा पाँचकरोड ६७ लाख बढी महशुल संकलन

बिर्तामोड । बढ्दो जनघनत्वसंगसंगै बिर्तामोड खानेपानीका उपभोक्ताको संख्यात्मक बृद्धि हुने क्रम पनि निरन्तर जारी छ । संस्थामा गत वर्ष सातसय ५५ जना नयाँ उपभोक्ता जोडिएका छन् । ती उपभोक्ताको सदस्यता र धारा जडानमार्फत संस्थालाई ९८ लाख ९५ हजार रुपैयाँ आम्दानी भएको व्यवस्थापक खड्गराज गिरीले बताए । उनका अनुसार अघिल्लो आवको सोही अवधीमा छसय ५९ नयाँ सदस्यता र धारा जडानमार्फत कार्यालय एकमुष्ट ८५ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
गत आर्थिक वर्ष २०७९÷०८० मा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पानीको महशुल वापत पाँच करोड ६७ लाख ९८ हजार बढी रकम संकलन गरेको छ ।
आठ हजार छसय उपभोक्ता रहेको खानेपानी संस्थाले २०७९ साउनदेखि ०८० असार मसान्तसम्ममा उपभोक्ताले पानी उपभोग गरेवापत उक्त रकम संकलन भएको कार्यालय व्यवस्थापक खड्गराज गिरीले जानकारी दिए ।
आव २०७८÷०७९ मा संस्थाले चारकरोड ८५ लाख ६१ हजार एकसय सात रुपैयाँ महशुल संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा ८२ लाख ३६ हजार आठसय ९३ भन्दा बढी महशुल संकलन गरेको हो ।
२०५१ सालमा टोरुप प्रसाईको अध्यक्षतामा गठन भएको तत्कालिन बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एडिबीको १ करोड २२ लाखको लागतमा एउटा ओभरहेड ट्याङ्की निर्माण गरी सञ्चालनमा आएको थियो । स्थापना कालमा ३५ किलोमिटर पाइप विस्तार गरेको बिर्तामोड खानेपानीले २९ आंै वर्षमा पुग्दा ४५० किलोमिटरमा विस्तार भएको छ । २० वर्षसम्म बिर्तामोड खानेपानीको नेतृत्व गरेपछि जलकुमार गुरुङ अध्यक्ष भएका थिए । गुरुङको नेतृत्वमा दुई कार्यकाल सञ्चालन भएको खानेपानीमा तेस्रो अध्यक्षका रुपमा मेघराज बास्तोला आएका हुन् ।
बिर्तामोडमा बढ्दो जनघनत्वसंगै उपभोक्ताको माग बढ्दै जाँदा पानीको पाइपलाइन विस्तारको क्रम निरन्तर जारी छ । नगरपालिकाको मुख्य बजारसंगसंगै नगरका ग्रामिण क्षेत्रबाट पनि पानीको माग बढेपछि बिर्तामोड खानेपानीले नगरका सबै वडामा पानी पुर्याउने लक्ष्य अनुसार अघि बढेको अध्यक्ष मेघराज बास्तोलाले बताए ।
माग अनुसार नगरका १० वटै वडामा खानेपानीको पहुँच पुर्याउने उद्देश्यले पाइप विस्तार गर्न लागेको अध्यक्ष बास्तोलाले जानकारी दिए । उनले भने–‘पानीको श्रोत व्यवस्थापनको खोजी भइरहेको छ, श्रोत व्यवस्थापन गरेर धारा विस्तार गर्दा पानी वितरणमा सहजता हुन्छ, श्रोतको खोजीमा छौं ।’ अध्यक्ष बास्तोलाका अनुसार अहिले तत्काल बिर्तामोडको वडा नं.–८ बाट खानेपानीको माग आएको छ ।
नगरका १० वटा वडामध्ये अहिलेसम्म खानेपानीको पहुँचले वडा नं.–८ लाई छुन सकेको छैन । वडा नं.–८ बाट पानीको माग भएको जानकारी दिंदै अध्यक्ष बास्तोलाले चाँडै विस्तार हुने बताए ।
पानी विस्तारका लागि स्थानीयले धारा जडानको प्रतिद्धतासहित माग भएपछि पाइप विस्तार गर्ने गरेको बताइएको छ । माग बिना नै पाइप विस्तार गर्दा संस्थाको लगानी जाम हुने देखिएपछि संस्थाले स्थानीयको माग भएपछि मात्रै पाइप विस्तार गर्दै आएको बताइएको छ ।
२०६७÷०६८ सालमा साना शहरी खानेपानी अन्तरगत नगरविकास कोषको ३० प्रतिशत ऋण लगानी, संस्थाको ५ प्रतिशत, जनश्रमदानबाट १५ प्रतिशत र नेपाल सरकारको ५० प्रतिशतको अनुदानमा २ वटा ओभरहेड ट्याङ्की र १८१ किलोमिटर गरी लगभग १० करोडको परियोजना सञ्चालनमा ल्याएको थियोे ।
बिर्तामोड नगरका ग्रामिण भेगमा पनि बिर्तामोड खानेपानीको मागभएसंगै वडा नं.–६ को खोपवाडी, १० को सैनिक तथा भूतेनी आसपास, वडा नं. नौ र सातका पनि केही भागमा पानीको पाइप विस्तार गरिएको छ । पाइप विस्तार भएका ठाउँहरुमा उपभोक्ताले धारा जडान कार्यलाइ क्रमिक रुपमा अघि बढाइरहेका छन् ।
३ वटा ओभरहेड ट्याङ्की, डिप ट्युवेल १३ वटा, ७ वटा फिल्टर प्लान्ट मार्फत बिर्तामोड खानेपानी संस्थाले अर्जुनधार नगरपालिका अन्तरगत वडा नं.–६ सहित बिर्तामोडसंग सिमाना जोडिएका ३ वटा वडाका केही भागमा पानी उपलब्ध गराउँदै आएको छ । जसमा अर्जुनधारा ११ बसपार्क क्षेत्रमा भने फिल्टर प्लान्टबाट अनलाईनमार्फत पानी सप्लाई गर्दै आएको व्यवस्थापक गिरीले जानकारी दिए ।
चालु आवमा बिर्तामोड खानेपानीका लागि संघीय सरकारबाट ३ करोड रुपैयाँ बिनियोजन भएको अध्यक्ष बास्तोलाले जानकारी दिए । उक्त रकमबाट सरकारले आफ्नै रोहवरमा दुईवटा डिप बोरिङ राख्ने बताइएको छ ।
अघिल्लो वर्ष बिर्तामोड खानेपानीलेलाई संघीय सरकारबाट अनुदान स्वरुप ३५ लाख २८ हजार दुईसय ९१ रुपैयाँ, बिर्तामोड नगरपालिका वडा नं.–१० बाट चारलाख ९२ हजार नौसय ६२, वडा नं. –५ बाट ३ लाख ९४ हजार २५ र वडा नं.–४ बाट एकलाख ९६ हजार आठसय १३ रुपैयाँ अनुदान उपलब्ध भएको थियो ।
संस्थाले नगरविकास कोषबाट लिएको ८४ लाख ४५ हजार पाँचसय ३२ रुपैयाँको ऋण क्रमिक रुपमा घट्दै गएको बताउँदै व्यवस्थापक गिरीले भने–‘१५ वर्ष अवधी राखेर लिएको ऋण पनि घट्दै गएको छ, आगामी वर्ष आम्दानी बढ्छ ।’
स्रोतका अनुसार बिर्तामोड खानेपानीमा तत्कालका लागि अन्य भौतिक सामग्री खरिद गर्नुपर्ने अवस्था नरहेकोले खर्च कम अनुमान गरिएकाले पनि आम्दानी बढ्ने देखिएको हो ।
नगरका सबै वडामा पानी वितरण गर्दा तुलनात्मक रुपमा एकै ठाउँबाट पानी सप्लाई गर्ने हो भने बिर्तामोडको शहरी क्षेत्रका अग्ला घरहरुमा पानीको फोर्स कम हुने हुँदा सबैतिर सहज पानी उपलब्धताका लागि वडातहमै पानीको स्रोत व्यवस्थापन गर्न जानकारहरुको सुझाव छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपानीको स्रोतको खोजीमा बिर्तामोड खानेपानी,गत आवमा पाँचकरोड ६७ लाख बढी महशुल संकलन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img