Homeसमाचारपत्रकार उपचार कोषलाई कतारबाट चम्लागाँईद्वारा दुईलाख सहयोग

पत्रकार उपचार कोषलाई कतारबाट चम्लागाँईद्वारा दुईलाख सहयोग


बिर्तामोड २८ साउन। कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् ।
 नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा  चौम्लागाईंले आइतबार उक्त रकम सहयोग प्रदान गरेको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । महासंघको वैंक खातामा चौम्लागाईंले कतारबाटै उक्त रकम जम्मा गरिदिएका हुन् ।
नेपाली व्यवसायी संघ कतारका अध्यक्ष चौम्लागाईंले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने  पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै चौम्लागार्ईंले उक्त अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन आफ्नो तर्फबाट  सहयोग गरेको बताए ।

झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै चौम्लागार्ईंले प्रशंसा गरेका छन् । झापा बाह्रदशी ७ का स्थायी वासिन्दा चौम्लागाईं अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष हुन् । उनी २७ वर्षदेखि सपरिवार कतारमै वस्दै आएका छन् । झापाली समाज कतारका संरक्षक रहेका उनको व्यवसायिक फर्म उडल्याण्ड कन्ट्राक्टिङ कम्पनी हो । चौम्लागाईं नेपाल चेम्बर अफ कमर्शको कतार प्रतिनिधिसमेत हुन् ।
सामान्य कामदारको रुपमा कतार गएका उनी सयौं कामदारलाई रोजगार दिने त्यहाँको स्थापित व्यवसायीको रुपमा आफ्नो परिचय बनाउन सफल भएका छन् ।
महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा चौम्लागाईंलाई धन्यवाद ज्ञापन गरे ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ७५ लाख जम्मा भएको छ । कोषलाई १ करोड पुर्याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल गरेको छ । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकार उपचार कोषलाई कतारबाट चम्लागाँईद्वारा दुईलाख सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img