Homeसमाचारगरीबी निवारण र विकासमा ध्यान दिन मुख्यमन्त्री थापाको जोड

गरीबी निवारण र विकासमा ध्यान दिन मुख्यमन्त्री थापाको जोड

विराटनगर,२८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरीबी निवारण र बिकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रितासाथ लाग्न कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
प्रदेश सरकारको बिषयगत मन्त्रालयहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे मुख्यमन्त्री थापाले बिविध कारणले अडकिएका कामलाई सचिवस्तर, मुख्यमन्त्री कार्यालय र प्रदेशसभाबाट बाधा अड्काउ फुकुवा गर्दै अघि बढनुपर्ने बताए। प्रदेशस्तरबाट समाधान हुन नसक्ने समस्यालाई संघीय सरकार समक्ष सिफारिस गरेर बाधा अड्काउ फुकाउ गर्नुपर्नेमा मुख्यमन्त्री थापाले जोड दिए ।
मुख्यमन्त्रीको कार्यालयमा आयोजित समीक्षा कार्यक्रममा मुख्यमन्त्रीको कार्यालय, र्आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार बिकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, खानेपानी तथा उर्जा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक बिकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिवहरुले आ–आफ्नो बिषगत मन्त्रालयको प्रगति बिवरण, समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए ।
त्यसै गरी प्रदेश लोकसेवा आयोग र प्रदेशसभा सचिवालयका सचिवहरुले पनि आ–आफ्ना निकायका प्रगति विवरण प्रतिवेदनहरु प्रस्तुत गरिएकाे थियो ।
मुख्यमन्त्रीको कार्यालय तथा मन्त्री परिषद् सचिवालयका प्रमुख सचिव डा. दिपक काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थमन्त्री बाबुराम गौतम, खानेपानी मन्त्री प्रदिप सुनुवार, भौतिक पूर्वाधार मन्त्री कमल जगेबु र स्वास्थ्य मन्त्री निर्मला लिम्बुले आफ्नो मातहतका मन्त्रालय यसका बिषयमा उठेका सवालहरु र समाधानका बिषयमा काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगरीबी निवारण र विकासमा ध्यान दिन मुख्यमन्त्री थापाको जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img