HomeFeatured 2काेेशी प्रदेशस्तरिय अन्तर विद्युत वितरण केन्द्र नकआउट फुटबलकाे उपाधी धुलावारी केन्द्रलाई

काेेशी प्रदेशस्तरिय अन्तर विद्युत वितरण केन्द्र नकआउट फुटबलकाे उपाधी धुलावारी केन्द्रलाई

झापा । कोशी प्रदेश स्तरिय अन्तर विद्युत वितरण केन्द्र नक-आउट फुटबल प्रतियोगिताको उपाधि धुलाबारी वितरण केन्द्र झापाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको रंगेली विद्युत वितरण केन्द्रलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक धुलाबारी वितरण केन्द्रले उपाधि जितेको हो ।

नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रदेश स्तरिय फुटबल प्रतियोगिताको उपाधि धुलाबारीलाई जिताउन विशाल गौतमले गरेको एक गोल नै निर्णायक बन्यो । पहिलो हाप दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । अत्यन्त्यै प्रतिष्पर्धात्मक भएको खेलको दोस्रो हापमा सम्हालिन नसक्दा रंगेली उपविजेतामा चित्त बुझाउन पुग्यो ।

खरबन्दी फुटबल मैदान, सालबारीमा आयोजित प्रतियोगितामा कोशी प्रदेश अन्तर्गतका ६ वटा विद्युत वितरण केन्द्रका टिम सहभागी थिए । प्रतियोगितामा रंगेलीका चन्द्रकान्त चौधरी हाइस्कोर र शरण कुमार मलाहा फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । त्यस्तै विजेता टिक धुलाबारीका विशाल गौतम म्यान अफ द सिरिज र अनिल लामिछाने बेष्ट गोलकिपर घोषित भए ।

प्रतियोगिताको विजेता, उपविजेता टिमसंगै व्यक्तिगत विधामा पुरस्कार जित्ने खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालय प्रमुख उमेश कुमार झा, धुलाबारी वितरण केन्द्र प्रमुख शुनिल कुमार महतो, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), लगायत कोशी प्रदेश अन्तर्गतका विभिन्न वितरण केन्द्र प्रमुखहरुले ट्रफि, मेडल र प्रमाणपत्रलगायतका पुरस्कार वितरण गरेको प्रतियोगिता आयोजक समिति संयोजक विश्वेश्वर खड्काले जानकारी दिए ।  

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2काेेशी प्रदेशस्तरिय अन्तर विद्युत वितरण केन्द्र नकआउट फुटबलकाे उपाधी धुलावारी केन्द्रलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img