Homeसमाचारमुलुकको शैक्षिक क्षेत्र इतिहासकै कठिन मोडमा: अध्यक्ष चौलागाईं

मुलुकको शैक्षिक क्षेत्र इतिहासकै कठिन मोडमा: अध्यक्ष चौलागाईं

झापा २७ साउन । नेपाल शिक्षक संघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईंले शैक्षिक क्षेत्र (सामुदायिक शिक्षा ) तहस नहस हुने अवस्थामा पुगेको बताएका छन् ।

सार्वजनिक विद्यालय शिक्षा ऐन २०८० का केही प्रावधान संविधान प्रदत्त अधिकार विरुद्ध रहेको दावी गर्दै चौलागाईंले आफूहरू अहिले सबैभन्दा कठिन मोडमा रहेको बताए ।

“नेपालको वर्तमान प्ररिपेक्षामा प्रस्तावित विद्यालय शिक्षा ऐनको मस्यौदाले थप जटिलता सिर्जना गरेको छ।” उनले भने,” यो ऐनले शिक्षक र विद्यालय कर्मचारीको समस्या हल गर्दैन।”

अध्यक्ष चौलागाईंले प्रस्तावित ऐन ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको जिकिर समेत गरे। उनले प्रस्तावित ऐन अविलम्ब सच्याउन माग समेत गरेका छन् ।
“वर्तमान सरकारको कारण हामी सडकमा आउनु पर्ने भयो” उनले भने,” हामी कठिन अवस्थामा छौँ, आन्दोलन हाम्रो रहर होइन, जबर्जस्त बाध्यता भयो ।”

उनले साउन २८ गतेदेखिको घोषित आफूहरूको आन्दोलनमा अभिभावक,विद्यार्थी, सम्पूर्ण श्रमजीवीसँग को सहयोगको अपेक्षा समेत गरेका छन् ।

यसैबीच, नेपाल शिक्षक संघ कोशी प्रदेश समितिले नेपाल शिक्षक महासंघको नेतृत्वमा भोलिदेखि हुन गइरहेको दुई चरणको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।

संघ अध्यक्ष चौलागाईं र महासचिव मातृकाप्रसाद न्यौपानेले निकालेको विज्ञप्तिमा लेखिएको छ,” नेपाल शिक्षक महासंघको नेतृत्वमा हुने आन्दोलनमा सम्पूर्ण साथीहरूलाई सक्रियतासाथ सरिक हुन अनुरोध गर्दछौँ।”

महासंघले प्रस्तावित ऐनमा २० बुँदा थप गर्नु पर्ने माग गर्दै ती बुँदा पनि सार्वजनिक गरेको छ। महासंघले यसअघि शिक्षा मन्त्रालय र महासंघ बीच भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

प्रस्तावित ऐनले हिजोका सहमति समेट्न नसकेको निष्कर्षमा पुगेको महासंघले विगतमा भएका ३० र ५१ बुँदे सहमतिको व्यवहारिक कार्यान्वयनमा समेत जोड दिएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमुलुकको शैक्षिक क्षेत्र इतिहासकै कठिन मोडमा: अध्यक्ष चौलागाईं
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img