बिर्ताबजार । बिर्तामोडको बिर्ताबजारमा मुख्य कार्यालय रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले महिला समूह सदस्यका लागि नेतृत्व तथा क्षमता विकास सम्बन्धी २ दिने तालिम सम्पन्न गरेको छ ।
तालिम आयोजक संस्था विराट बहुउद्देश्यीय सहकारी संस्था महिला परिचालन उपसमितिका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं.–३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुुख आतिथ्यमा सम्पन्न तालिम समापन गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि बुढाथोकी, विराट बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार उमानाथ ओली, कार्यालय प्रमुख रुद्र सिटौला, समिति सदस्य रमा बुढाथोकी, जनश्रुती महिला बचत तथा रिण सहकारी संस्थाका संचालक सदस्य सीता न्यौपाने, बिराट बहुउद्देश्यीय सहकारीका ऋण अधिकृत टीका अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा सहभागीका तर्फबाट धनकुमारी सिटौला र शानता अधिकारी थापाले धारणा राख्दै तालिम महत्वपूर्ण रहेको प्रतिक्रिया दिंदै आफूले अनुशरण गर्ने प्रतिवद्धता जनाए ।
मेनुका सिटौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत अम्बिका कट्वालले गरेकी थिइन । ६० जना महिला सहभागी तालिममा भीमा शिवाकोटीले सहजीकरण गरेको बताइएको छ ।
विराट बहुउद्देश्यीयको समूह सदस्य लक्षित तालिम सम्पन्न

































































































