HomeFeatured 2डि. कौडिन्यको २० औं स्मृति दिवस, पत्रकार अधिकारी पुरस्कृत

डि. कौडिन्यको २० औं स्मृति दिवस, पत्रकार अधिकारी पुरस्कृत

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले डि. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार दिपक अधिकारीलाई पुरस्कृत गरेको छ ।
सेन्टरले स्वर्गिय पत्रकार देवकुमार आचार्यको २० औं स्मृति दिवसको अवसरमा डि. कौडिन्य स्मृति पत्रकारिताबाट नगद २१ हजारसहित भद्रपुर, नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारीलाई सम्मान गरेको हो ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि प्रदेश मन्त्री राजेन्द्र कार्कीले पत्रकार, साहित्यकार डि.कौडिन्यप्रति हार्दिक श्रदा सुमन अर्पण गर्दै, डि. कौडिन्य जस्ता नेपाल आमाका हजारौं छोरा हरुको सहादतबाट नेपालमा गणतन्त्र स्थापना भएको जिकिर गरे । त्यस्तै उनले कोशी प्रदेश नामाकरणको बिषयमा उत्पन्न विवाद दीर्घकालीन समाधानका लागि प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए ‌।
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा सेन्टरका नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, सचिव विमल लामिछाने, प्रदेश अध्यक्ष विनोद घिमिरे, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष नरेन्द्र ढकाल, फोनिजका झापा अध्यक्ष भूमिका सुब्बा, अग्रज पत्रकार तथा डि.कौडिन्य पुरस्कारबाट पूर्व पुरस्कृत दिपिन राई, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, अग्रज पत्रकार सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी सहसचिव जोसना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । साे अवसरमा सुव्रत न्यौपानेले डि. कौडिन्य पत्रकारिता पुरस्कारको बढाउन सुझाव दिंदै कोषबृद्धिका लागि ११ हजार रुपैयाँ प्रदान गर्ने घाेषणा गरे । । कार्यक्रममा डि काैडिण्यकी छाेरी तृष्णा आचार्यले स्व.कौडिण्यको स्मरण गर्दैै उपस्थित सबैलाई भावुक बनाइन् ।
सेन्टरका अध्यक्ष पाठकले कार्यक्रम समापन गर्दै पुरस्कार राशी र कोष वृद्धिमा आफू लागि पर्ने बताए । सेन्टरका जिल्ला उपाध्यक्ष होमप्रसाद अधिकारीले स्वागत तथा कार्यक्रम सञ्चालन जिल्ला सचिव पुष्पा खड्काले गरेका थिए

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2डि. कौडिन्यको २० औं स्मृति दिवस, पत्रकार अधिकारी पुरस्कृत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img