HomeFeatured 2महाप्रस्थानमा प्रजातान्त्रिक योद्धा हर्षकुमारी

महाप्रस्थानमा प्रजातान्त्रिक योद्धा हर्षकुमारी

‘प्रजातन्त्रमा नेताले मस्ती गरे, जनताले के पाए ?

रेजिना गौतम
‘ए मलाई सम्झिएकै छौ, हामीले लडेर प्रजातन्त्र ल्याएको’–झापाको सदरमुकाम चन्द्रगढी बजारबाट उत्तरपट्टि चारआली रोडमा टेम्पो र ट्याक्सी स्टेण्ड छ, ट्याक्सी स्टेण्डकै पश्चिमपट्टी वरिपरी ठूल–ठूला घर । सानो भुँई घर । हेर्दा भर्खरै बनाएको झैं लाग्ने । केही वर्ष अघि उहाँ बसेको घरमा पुग्दा घुँडा घुँडा आउने पानी जमेको थियो । पुरानो घर । काठका खाँवाहरु जीर्ण भइसकेका देखिन्थे । त्यही जीर्ण टाँढे घरको माथि जीर्ण शरीर लिएर बाटोतिर हेर्दै बसिरहेकी थिइन् उनी । अचानक पुगेर उनको राजनीतिका कुरा र विगत कोट्याउन थालेपछि अश्रुपूर्ण नयन र अवरुद्ध गलामा इन्दु जी र मेरो उपस्थितिलाई स्वागत गर्दै विस्मृतिका बीचबाट बचेका स्मृतिका पानाहरु पल्टाएका थियौं । तिनै स्मृतिलाई महाप्रस्थानको यात्रामा लाग्नु भएकी थपलियासंगको विगतलाई पुनः पस्किएका छौं
उनै हर्षकुमारी थपलियाले हामी पुग्नेवित्तिकै परिचित जस्तो शाहसिक आवाजमा ‘जयनेपाल’ को सम्बोधन सुहाउँदो हात उठाएर बुलन्द आवाज निकालिन् र भनिन्–‘हामीले लडेर प्रजातन्त्र ल्याएको ।’ ८४ बर्षीया थपलियाको उमेरकै कारण हुनुपर्छ,–बेलाबेलामै बोलेको विर्सने र दोहो¥याइरहने (अल्जाइमरजस्तै) समस्या रहेछ।’ उनले पुनः थपिन्–‘जय नेपाल भनेको पहिला नेपालको जय, मातृभूमिको जय भनेको, मातृभूमिको जय भए मात्रै नेपालीको जय हुन्छ ।’ उनले पुनः मुठ्ठि बाँधिन् र भनिन–‘यस्तो मुठ्ठीले कहाँ नेपालको जय हुन्छ, माओवादीको सम्बोधन रे ।, त्यही समय एकजना ब्यक्ति लालसलाम भन्दै आइपुगे । उनी जुरुक्कै उठिन र जाइ लागिन्–‘यस्तो मुठ्ठी बाँधेर नेपालको जय हुन्छ ?’ विगतको इतिहास चाहिं ताजै जस्तो । तर वर्तमानका कुरा छिनछिनमा विर्सिरहने समस्या रहेछ उनमा । कुराकानीका क्रममा बिचबिचमा उनले सोधिरहिन्–‘तिमीहरु कहाँबाट आएका रे, परिचय चाहियो नि ।’ हामीले पनि दोहो¥याइरह्यौं–‘जनआन्दोलन साप्ताहिक पत्रिका र जनआन्दोलन.कम डिजिटल पत्रिकाबाट । उनले थपिन्–‘ए हामीले पनि उहिल्यै आन्दोलनका क्रममा साप्ताहिक सन्देश खोलेको ।’
वि.सं १९९३ सालमा तेह्रथुम जिल्लाको ह्वाकुमा जन्मिएकी उनी लगभग ७ बर्षकै उमेरदेखि अरुका अधिकारका बारे बोल्थिन् रे । ‘त्यतिवेला छोरी पढाउने चलन थिएन, मेरा बुबा रणबहादुर डाँगीले मलाइ घरमै शिक्षक राखेर पढाउनुभएको, मलाई पढाएकै कारण उहाँ पक्राऊ पर्नुभयो, लगभग २ महिना बुवालाई जेलमा राखियो । त्यसवेला कपाली तमसुक लेख्न सिकाउँथे र अक्षर चिनाउँथे।
‘म कसैसँग डराउदिनथे’ उनले भनिन् । २००७ सालअघि नेपालको राणाविरोधी आन्दोलनमा अलिअलि राजनीति सिक्दै गरेकी हर्षकुमारी २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि कू गर्दा भने परिपक्व भइसकेकी थिइन् । लगभग २३ बर्षमा लागेकी उनी त्यससमय निरंकुशताविरुद्ध डोकाबाट माइकिङ गर्दै धेरै पटक धेरै स्थानमा हिँडिन् ।
त्यसक्रममा तत्कालीन प्रशासनबाट धेरै पटक समातिनुप¥यो । ‘एकदुई दिन जेलमा राख्दै छाड्दै गथ्र्यो’– उनले सम्झिइन्–‘म कसैसँग डराउदिनथे, त्यसवेला बद्रीवहादुर राणा धनकुटाको बडाहाकिम थियो । बोली चाहिं सारै मिठो, ठूलो टाउको भएको छुच्चो मान्छे, साँच्चि त्यो मर्यो कि छ । ऊ बारम्बार सोधिरहन्थ्यो– ए हर्षकुमारी तिमीले एक्लै लडेर प्रजातन्त्र ल्याउँछ्यौं ? एक्लै लडेर के गछ्र्यौ छाडिदेऊ यो आन्दोलन भनिरहन्थ्यो ।’ तर म मा जोश, जाँगर थियो, जनताले बास पाउनुपर्छ, जनताले दुईछाक खान पाउनुपर्छ भन्ने लाग्थ्यो म पनि ल्याउँछु भन्थे, मुखमुखै बोल्थें।’
उनले आन्दोलनको क्रममा आफू पक्राऊ परेको प्रसंग सम्झदै भनिन् – म ताप्लेजुंगको दोखुमा भाषण गर्दै थिएँ, अर्कोपटक धनकुटामा थिएँ । यहाँ आएर पनि ऊ त्यहिं अगाडि जेल थियो, उनले आफ्ना घर अगाडि सङ्केत गर्दै भनिन्– त्यसवेला मिना प्रसाई, विणा प्रसाईं, बाटे, सार्के भन्ने लिम्बुनी साथीहरु थिए । २००७ साल पुस ७ गते धनकुटाको टुँडीखेलबाट पक्राउ परेकी उनलाई त्यसपटक सबैभन्दा लामो समय जेलमा राख्यो रे प्रशासनले । ‘अरुबेला दुईचारदिन राखेर छोड्थ्यो, त्यसपटक भने एकमहिना १८ दिन जेलमा राख्यो । त्यहाँ पनि विद्रोह बोलिरह््यौं’ उनले सम्झिइन्–‘यो सार्कीले डोली बोक्दा लगाउनेजस्तो लुगा लाउनेलाई कहाँ पुलिस मान्छौं हामी, हामीलाई हात हाल त ढुंगाले कुट्छौं भन्थ्यौ’ं, पुलिसले कहिल्यै यातना नदिएको उनले सुनाइन् । ‘शारीरिक यातना नदिए पनि मानसिक रुपमा भने माफी माग्न भन्दै दुःख दिइरहन्थे ’– उनले भनिन् ।
‘म आइन्दा राजाविरोधी कुनै काम गर्दिनँ, म पञ्चायती व्यवस्था स्वीकार्छु’ भन्ने आशयको पत्र थमाइन्थ्यो म पढ्थें तर हस्ताक्षर गर्न मानिनँ ’ मलाई कसैको डर लाग्दैनथ्यो उनले थपिन्–, कुनै हालतमा माफ माग्दिनँ, बरु गोली ठोक भनें ।’
राणाविरोधी आन्दोलनकै क्रममा सँगसँगै आन्दोलन गरी हिड्ने चुहानडाँडा निवासी लिलाबहादुर थपलियासँग उनको प्रेमविवाह भयो । प्रेम भएपनि बुबाआमाले स्वीकार गर्नुभयो, ह्वाकुका डाँगी र चुहानडाँडाका थपलिया दुवै परिवार नाम चलेका, थुमधामसाथ विवाह गरिदिनुभयो’–उनले सुनाइन् । क्षेत्री र कुमाईबीचको अन्तरजातीय विवाह मानिन्थ्यो त्यससमय । तर उनीहरुको मायाप्रेमका पछाडि दुवै परिवार तगारो बनेनन् ।
प्रजातन्त्रमाथि २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट कू भएपछि प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालालाई नजरबन्दमा राखियो । कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय भेलामा सहभागी भएका सिके प्रसाई र हर्षकुमारीका पति लिलाबहादुर थपलिया लगायत थुप्रै प्रजातान्त्रिक योद्धाहरु काठमाडौंको टुँडिखेलबाट पक्राऊ परे । ‘त्यस समय सिके बाबुलाई तरुण दलको केन्द्रीय अध्यक्ष बनाउने कुरा थियो । तर, प्रजातन्त्रमाथि कू भएपछि उहाँहरु कार्यक्रम स्थलबाटै पक्राऊ पर्नुभयो’–कांग्रेस नेता सुधिरकुमार शिवाकोटीले भन्नुभयो–‘त्यस समय पक्राऊ परेकाहरुलाई डेढ÷दुई महिना जेलमा राखेर छाड्यो ।’ जेलमुक्त भएपछि पुनः प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका उनीहरु निर्वासित हुन बाध्य भए ।
त्यसबेलाका सांसद र प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुलाई पक्राऊ गर्ने हल्ला फैलियो देशैभरी । तत्कालीन सांसद फत्तेवहादुर बुढाथोकी अन्य प्रजातान्त्रिक योद्धाहरु दलकृष्ण श्रेष्ठ, बुद्धिमान राजवंशी, तुर्सा हेमरम, रणकेशर बुढाथोकीलगायतका नेताहरुसँगै उनी पनि निर्वासित भइन् । प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुको सर्वश्वहरण गरियो ।
उनीहरुको परिवार पनि सर्वश्वहरणमा प¥्यो । चन्द्रगढीको १० विगाह जग्गा सर्वश्वहरणमा परेपछि उनीहरु सुकुम्बासीजस्तै भए। २०२५ सालमा आममाफी भएर नेपाल फर्किए । २०२० सालतिर नक्सलवाडीमा निर्वासित जीवन विताउँदाको क्षण सम्झिएर उनी एकछिन् उमंगित र शाहसी देखिइन् । भनिन्– म कहिले बंगाली भेषमा त कहिले अन्य भेषमा घोडा चढेर नेपाल पस्थें, राजाविरोधी पर्चा फ्याक्थें, अनि बेलुका फेरि त्यही फर्कन्थे । हर्षकुमारीसँगै अरु प्रजातान्त्रिक योद्धा पनि नेपालको निरंकुश राजतन्त्र विरुद्ध निर्वासनबाटै जेहाद छेडिरहेका थिए । उनी सशक्त योद्धा थिइन् त्यसबेला, निडर र शाहसी । ‘हामी टेढे, डेढफुटे मुर्दाबाद’ भनेर नारा लगाउँथ्यौं’–उनले सुनाइन् । त्यसवेलाका प्रजातान्त्रिक योद्धाहरु राजा महेन्द्रलाई टेढे र डेढफुटे भन्दारहेछन् ।
त्यही परिवेश सम्झदासम्झदै उनी भक्कानिइन् र भनिन्– ‘एकमाना चामल पकाएर ६ जनाले बाँडेर खान्थ्यौं । म अलिक मोटी, सबैले हात्ती हात्ती भन्थे, हर्षकुमारी मोटी छ, यसलाई अलिक खान चाहिन्छ भनेर एकएक गाँस काटेर दिन्थे । त्यससमय यो सन्तान पनि थ्यो मेरो साथमा’ उनले सँगै रहेको जेठो छोरो विरेन्द्रलाई देखाइन् । उनका चार छोरा र एक छोरीमध्ये छोराबुहारी विरेन्द्र–सरस्वती, दिपेन–मनिषा र छोरी आदर्श मैनाली छन् । दुई छोराहरु हरिन्द्र र नरेन्द्रको निधन भइसकेको छ भने श्रीमान लीलाबहादुरलाई गुमाएको पनि दुईदशक नाघिसकेको छ ।
नेपालको राजनीतिमा वी.पीलाई उनी पिता मान्दिरहिछन् । ‘ए सान्दाई । सान्दाईलाई त म बाबु नै मान्छु’– कुराकानीका क्रममा उनले पटकपटक वी.पी. आफूसँगै निर्वासनमा बसेका प्रजातान्त्रिक योद्धाहरु, पूर्णानन्द शर्मा, सूवर्ण समशेर, जवाहरलाल नेहरु, र इन्दिरा गान्धी, को नाम लिइन् । नेहरुले राजा महेन्द्रलाई भनेका थिए रे–‘नारी भनेका आमा हुन्, आमालाई पक्राऊ गरे पनि यातना नदिनु, हिरासतमा राखेका राजनीतिक बन्दीलाई राम्रो खान दिनु ।’
निर्वासनमा रहँदा जवाहरलाल नेहरु र वी.पीसँगको राजनीतिक सहमतिमा रासन कार्ड बनाइएको उनले सम्झिइन् । ‘पछि टेढेले के भनेर फकायो कुन्नी रासन कार्ड खोसियो’–उनले भनिन् । त्यससमय उनका आँखा टल्पलाइसकेका थिए । उनी केही क्षण भक्कानिइन् र तत्कालै आफू संहालिइन् र भनिन् –‘अनि त एकमाना चामल पकाएर पाँच–छ जनाले खानुपर्ने अवस्था आयो । भोकभोकै बस्नुपर्ने अवस्था आएपछि सि.के. प्रसाईं पढेका मान्छे, जागिर खोज्नुभयो, एउटा क्याम्पसमा पढाउने अवसर पाएपछि खानको त्यति दुःख भएन ।
कुराकानीकै क्रममा उनले नेपाली कांग्रेसले विराटनगरमा प्लेन अपहरणको प्रसंग उठाइन् । भनिन्– निर्वासनमा रहेका अधिकांश कार्यकर्ता भोकभोकै थिए, पार्टीसँग पैसा थिएन, नेहरु र गान्धिसँगको कुराकानीमा प्राप्त राशन कार्ड राजा महेन्द्र र इन्दिरा गान्धीबीच नेपालको बाटोमा लगानी गर्ने सहमतिपछि खोसियो । निर्वासित जीवन विताइरहेका र सेल्टरमा बसेका कार्यकर्ता भोकभोकै भएपछि विराटनगरमा प्लेन अपहरण भयो । त्यही प्लेन अपहरणबाट प्राप्त पैसाले एउटा ट्रक किनेर सेल्टरसेल्टरमा खाद्यान्न पुर्याइयो ।’
जीवनभरी प्रजातन्त्र र समाजवादका लागि आन्दोलित हर्षकुमारीको आर्थिक अवस्था भने अति सामान्य छ, लगभग २००७ सालमा बनिएको घरको तलामुनी झण्डैझण्डै डेढफुट जति पानी जमेको थियो।
भुइतल्ला पक्की र माथिल्लो तल्ला सेन्टरबेरा गरिएको सामान्य घर रहेछ । निर्वासित जीवन विताउनेक्रममा सर्वश्वहरणमा परेका उनीहरुको १० विगाह जग्गाको सरकारी मूल्यांकनबाट २०४७ सालमा ५ लाख रुपैया पैसा सरकारबाट प्राप्त भयो।
‘त्यही पैसा लगानी गरेर घरको तलामुनी बनायौं’–छोरा विरेन्द्रले घरको आर्थिक अवस्थाबारे बताउँदै भने–‘नक्सलबाडीमा केही जग्गा थियो। आममाफी भएर आमाबुबा फर्किएपछि त्यही नक्सलवाडीको जग्गा र आमाको गरगहना बेचेर साविक हल्दिबारी–३ मा एकविगाह जग्गा खरिद गरेका थियौं । त्यही जग्गामा पनि माओवादीको सशस्त्र द्वन्द्वका क्रममा ४ घर परिवार सुकुम्बासी ४–४ धुर जग्गामा बसेका छन् । हाम्रो आम्दानीको स्रोत त्यही हो ।’
आजन्म प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेकी हर्षकुमारी अहिले पनि चन्द्रगढीनजिकै बसेर ‘प्रजातन्त्र जिन्दाबाद, हामीले लडेर प्रजातन्त्र ल्याएको’ भनेर दोहो¥याइरहन्छिन् । ‘जनताले सुख पाउन्, सुकुम्बासीले बास पाऊन् भनेर प्रजातन्त्र ल्याएको । अहिले सबै नेता मतलबी भए, साँच्चै शोसित पीडित जनतालाई हेरेनन् । म त जनताको अधिकारका लागि अहिले पनि बन्दुक चलाउन सक्छुु’ु गफका क्रममा बेलाबेला शाहसी महिला त बेलाबेला इतिहास सम्झदै संवेदनशिल बनेकी हर्षकुमारीले अन्त्यमा भनिन्–‘जीवनभर प्रजातन्त्रकै लागि लडे, सम्पत्ति कमाउन सकिन । मैले केही पाइन भनेर चिन्ता लागेको छैन, हामीले लडेर प्रजातन्त्र ल्याऔं त्यही प्रजातन्त्रको पर्खाल चढेर केही नेता मन्त्री प्रधानमन्त्री बन्ने बाटो खुल्यो । तिनै नेताले मन्त्री, प्रधानमन्त्री बनेर मोजमस्ती गरे, तर जनताले केही पाएनन् मलाई यसैमा दुःख लाग्छ ।’
प्रजातान्त्रिक आन्दोलनकी महिला नेतृ हर्षकुमारी थपलियाको शुक्रवार स्थानीय विश्रान्ति घाटमा दाह संस्कार सम्पन्न भएको छ । यसअघि दिवंगत थपलियाको पार्थिव शरीरमा प्रजातान्त्रिक योद्धा डिल्ली सिटौला, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका उपसभापति केशव पाण्डे, सचिव कृष्ण हुमागाँई, केन्द्रीय प्रचार विभागका सदस्य लोकराज ढकाल,क्षेत्रीय सभापतिहरु गणेश पोखरेल, इन्द्र बुढाथोकी लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । उहाँको ८७ वर्षको उमेरमा विहिबार निधन भएको थियो । थपलियालाई मृतकका छोराहरु विरेन्द्र र विपिनले दागवत्ती दिएका थिए । लामो समय काग्रेस पाटीमा सक्रिय थपलिया स्वास्थ्यमा समस्या आएपछि सक्रिय राजनीतिबाट विश्राम लिएकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महाप्रस्थानमा प्रजातान्त्रिक योद्धा हर्षकुमारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img