बिराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर कस्टम आइपुगेको छ ।
पहिलो पटक कार्गो रेल आउने भएपछि विराटनगरको कस्टम यार्ड सिंगारिएको थियो भने रेल हेर्नका लागि स्थानीयको भीड लागेको थियो । फूल मालाले सिंगारेर चिटिक्क पारेको रेललाई उद्योगी व्यवसायीले रेललाई स्वागत गरेका थिए। उक्त रेल भारतको बथनाहाबाट नेपालको विराटनगर आइपुगेको हो ।
बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो
आयो भारतबाट आयो विराटनगरमा कार्गो रेल

































































































