HomeFeatured 2के थियो पत्रकारसंगको अन्तरक्रियाको बाहिर राखिएको सहकारीको कालो ब्यानरमा ?

के थियो पत्रकारसंगको अन्तरक्रियाको बाहिर राखिएको सहकारीको कालो ब्यानरमा ?

रेजिना गौतम

बिर्तामोड । कार्यक्रम स्थल प्रवेश गर्ने ढोकाको उत्तरतर्फको भित्तामा १३ बुँदे मागसहितको कालो ब्यानर, अर्कोपट्टी ढोकैमा ‘हामी आन्दोलनमा छौं’ लेखिएको सानो कालो ब्यानर । कार्यक्रमस्थलमा प्रवेश गर्दैगर्दा सहजै देख्न सकिने यी दुई ब्यानरले सहकारी तथा वित्तीय क्षेत्रमा पछिले समय देखिएका समस्या र चुनौति अनि ती चुनौतिको सामना गर्नका लागि भौतिक सुरक्षादेखि नियमनकारी निकायसंग विभिन्न माग उल्लेख गरिएका थिए ।
झापाली पत्रकारहरु बीच जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला बचत संघको संयुक्त आयोजनामा सामुहिक रुपमा पहिलो पटक सहकारीको विद्यमान अवस्था समस्या र चुनौति विषयक अभिमुखिकरण कार्यक्रममा आयोजितस्थलको उक्त दृष्य हो ।

प्रवेशद्वारको उत्तरतर्फ भित्तामा टाँगिएको मागपत्रसहितको कालो ब्यानर


संघले कालो ब्यानरमा राखेको १३ बुँदे माग पत्रमा कर्जा सूचना केन्द्र स्थापना, कर्जा असुली न्यायाधिकरण, बचता तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना हुनुपर्ने, वित्तीय सहकारीमा देखिएको तरलता समस्या समाधानका लागि सहुलियत ब्याजदरमा ३ वर्ष अवधी सम्मका लागि १० अर्ब उपलब्ध गराउनु पर्ने, सन्दर्भ ब्याजरको प्रावधान सम्बन्धी नियमावली संशोधन गरी बजार अनुसार ब्याजदर निर्धारण गर्न र स्वचालित प्रणालीको विकास गर्नुपर्ने, व्यक्तिगत बचतको तोक्ने गरी बनेको सहकारी ऐन संशोधन गर्न बनेको विधेयकको दफा खारेज गर्नुपर्ने, सहकारी अभियानप्रति फैलाइएका भ्रमक अफवाह र गतिविधिमा संलग्नलाई कार्वाहि गर्नुपर्ने, ऋणीको एकाघरको सगोलको चल अचल सम्पत्ति रोक्का राख्न पाउने ब्यवस्था तत्काल कार्यान्वयन गर्न गराउन निर्देशन दिनुपर्ने, सहकारी संस्थाको प्रभावकारी अनुगमनका लागि दोस्रो तहको नियामक संस्था स्थापना गर्नुपर्ने, स्थानीयदेखि केन्द्रीय तहसम्म सहकारी संस्थाहरुको दर्ता, कार्यक्षेत्र विस्तार र सेवाकेन्द्र स्विकृतिमा तत्कालै रोक लगाउनुपर्ने, सहकारीको दीगोपना र प्रोत्साहनका लागि एकीकरण प्याकेज कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्नुपर्ने लगायतका माग रहेका छन् ।
विगत केही समययता सहकारी तथा वित्तीय संस्थाबाट लिइएको ऋण नतिर्न आह््वान गर्दै समूह नै बनाएर अवरोध सिर्जना गर्ने तथा सहकारीका कर्मचारीमाथि नै आक्रमण हुन थालेपछि संघले झापामा सञ्चालित सहकारीहरुको अवस्था र चुनौतिबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा सहकारी भित्र देखिएका समस्याबारे पत्रकारहरुले खुलेर प्रश्न राखेका थिए ।

प्रवेशद्वारमा टाँगिएको कालो ब्यानर

आन्दोलनको प्रतिक स्वरुप कालो ब्यानरमा विभिन्न माग अघि सारेका सहकारी अभियान्ताहरुले भने झापाको सहकारी क्षेत्रमा ठूलो समस्या नभएका बताए । पछिल्लो समय केही व्यक्ति र समुहले सहकारी क्षेत्रमा बेथिति बढेको भन्दै सहकारीलाई बद्नाम गर्ने, सहकारीका कर्मचारी माथि आक्रमण गर्ने जस्ता प्रयास भइरहे पनि झापाका सहकारीहरुमा बेथिति नभएको सहकारी अभियन्ताहरुले स्पष्ट बनाएका हुन् ।
राज्यले बनाएका ऐन कानुन पूर्ण कार्यन्वयन नहुनु, अहिलेको तरलता ब्यवस्थापनको लागि सहकारीहरुलाई पूर्ण सहयोग गर्न नसक्नु, स्थानीय तथा प्रदेश सरकारसँग सहकार्यको कमी, समयानुकुल नियम कानुन निर्माण हुन नसक्नुलगायतका सहकारीका चुनौतीहरु रहेकाले त्यस्ता समस्याको समाधान खोजिन आवश्यक रहेको सहकारी अभियन्ताहरुले बताएका छन् ।
जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले दायित्व बोकेर सदस्यसमक्ष पुगिरहेकाले पनि झापाका सहकारी सञ्चालकहरु सुरक्षित रहेको बताए । उनले भने–हामी दायित्व बोकेर सदस्य सामु पुगिरहेका छौं, दायित्व नहुने हो भने समस्या पनि हुन सक्थ्यो होला, तर, सञ्चालकहरु र जिल्ला संघ सदस्यको पूँजीको दायित्व बोकेर हिंडेका छौं ।’ अध्यक्ष ढकाल सहकारी समस्या समाधान सहजीकरण संयन्त्र झापाका संयोजक पनि हुन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सञ्चालक सदस्य तथा संघका झापा बरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक धनश्याम अधिकारी पारेको कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, चिया केन्द्रिय सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङ, जिल्ला बचत तथा ऋण सकहारी संघ झापा अध्यक्ष तुलाराम न्यौपाने, जल्ला कृषि सहकारी संघ झापाका अध्यक्ष केशव सापकोटालगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संस्थाका बार्षिक गतिविधि र वित्तीय तथा अवस्थाबारे प्रस्तुत गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2के थियो पत्रकारसंगको अन्तरक्रियाको बाहिर राखिएको सहकारीको कालो ब्यानरमा ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img