सोचेको र भोगाइमा धेरै फरक रहेछ परदेश । सुन्नलाई परदेशमा पैसााको बोट हुन्छ । तर त्यो सब सुतेर देखेको सपना मात्र हो । जब हरियो पासपोर्ट बोकेर नेपालको एयर पोर्टबाट खाडी मुलुकको लागि उडिन्छ तब कति सपना त्यही एयरसंगै उडिसकेका हुन्छ्न ।
जब खाडी मुलुकको एयरपोर्टमा झरिन्छ तब सबै अन्धकार लाग्न थाल्छ । नयाँ ठाउँ नयाँ परिवेश हरेक चिज नयाँ अन्तराष्ट्रिय विमानस्थललाई वाई वाई गर्दै कल्पनाको संसारलाई सुन्दर बनाउने चाहना बोकेर आकाशमा उडिरहँदाको अनुभूति र विदेशी एयरपोर्टमा उत्रँदा कम्पनीको मान्छे कति दिनमा लिन आउँछ ? कस्तो कम्पनी पर्छ ? स्यालरी त राम्रै होला भन्ने आशा र अपेक्षा र चिन्ताले भरिएको भारी मन ।
राम्रो कम्पनी पर्यो भने त तत्काल लिन आउँछ । तर, त्यस्तै कम्पनी परेमा ४/५ दिन लिन आउदैनन् । त्यति बेलाको दुःख अनि साहुको ऋण ब्याज बढी रहेको हुन्छ । अनि डर त्रास उत्तिकै हुन्छ हातमा मोबाइल हुन्छ सिम हँुदैन । बल्ल तल्ल कम्पनीबाट लिन आउँछन् । कतिपय कम्पनीमा सेवा सुविधा हुन्छ खान बस्न भने धेरै कम्पनीमा नेपालीलाई दुःख नै दिएको पाएको छु । मलेसियाको यो चार बर्षको बसाइमा धेरै कुरा भोगियो । कति त असहाय पनि हुन्छ । नेपालीले नेपालीलाई इज्जत गर्दैनन् ।
म त सोच्थे नेपालमा मात्र एकले अर्कोको खुट्टा तान्ने गर्छन् होला ! तर होइन परदेशमा झन धेरै नै हुँदो रहेछ यो खुट्टा तान्ने प्रवृत्ती । झन अलि कति माथिल्लो पदमा छ नेपाली भने उसको पेलाइ अर्कै हुन्छ । होच्याउने, नराम्रो अपशब्द बोल्ने धेरै रिस देखाउने अझ माथी कुरा लगाइ दिने सम्मका हर्कतसम्म गरेका छ्न । पैसा त कम्पनीको नियम अनुसार दिन्छ ।
कतिपय कम्पनीमा ढिला पनि गर्छन् । तर यहाँ परदेशमा बिरामी भैयो भने धेरै गारो छ । संगै भएको साथीले पनि कुरेर बस्न पाउँदैन । डिउटी जानै पर्छ । किनकी काम गर्ने मान्छे भन्दा उनी हरुको सामानको महत्व हुन्छ । रगत र पसिनासग पैसा साट्नु पर्छ । आफ्नो आफन्त नै भए पनि पैसासंग मतलव हुन्छ परदेशमा । पसिना र रगतसँग पैसा साट्न लाखौं नेपालीहरु ठुला ठूला सपना बोकेर विदेशिनु परेको छ । अनि कतिले पराइ भुमिमा ज्यान घुमाउनु परेको छ । बिडम्वना यो छ कि ! हाम्रो नेपालमा राजनीति बढी हुन्छ । नयाँ कामको, नयाँ संभावनाको खोजी नीति हँुदैन ।
हामीलाई बेचेको मात्र होइन नेपालको इज्जतलाई बेचेको छ । त्यसैले अब नेपालमा भोट माग्दै लगाउने नारा जस्तो युवाहरुको लागि सोच्नुस् ।
बिदेशमा आएर पनि हामीले गर्नु पर्ने काम नै हो । लाखौं युवा युवतीहरु विदेशिएर घर गाउमा सुनसान होला ! किन आउनु पर्छ विदेश ? नेपालमा उचित पारिश्रमिक छैन । महङ्गी बढेको बढेकै छ ।
जति पढे पनि उचित मूल्याकन छैन । म आग्रह गर्न चाहन्छु कि ! देशको युवा भएको कारण स्थानीय सरकार देखि नेपाल सरकार,नेपालमा राजतिनी होइन विभिन्न कल कारखाना, ठुला–ठुला उद्योग खोलियोस, विदेशी राष्ट्रसग घुमघाम र नेपाललाई बेच्ने सम्झौता होइन नेपालमा हामी युवाहरुलाई नयाँ नयाँ सामान जुन विदेशमा बिक्री होस् । त्यस्ता कम्पनी खोल्ने सम्झौता होस । लाखौं आमाहरुको काख रितिएको छ अब राजनीति भन्दा पनि विदेश जाने युवाहरुलाई रोकेर नेपालमा रोजगारी सिर्जना गर्नुहोस् । नेपालमा गर्न खोजे हिरा छ त्यो हिरा नगुमाउ सरकार । लाखौं खेतबारी बाँझिएको छ ।
साँच्चै भन्नुपर्दा कतिपय गाउँमा मान्छे मर्दा लास बोक्ने मलामी छैनन् । ए सरकार कुर्सीको लागि मात्र नसोच्नुस् न बिन्ती छ –हामी युवाहरुको लागि पनि सोच्नुस्, खाली चुनावमा युवालाई भोट बंैक मात्र नबनाउनु होस् ।
जय नेपाल जय मातृभुमी ।
झापा अर्जुनधारा हाल (मलेसिया)
सोचेजस्तो हुन्न रछ परदेशको जिन्दगी

































































































