Homeसमाचारबिर्तामोड खानेपानीको अध्यक्षमा बास्तोला निर्वाचित

बिर्तामोड खानेपानीको अध्यक्षमा बास्तोला निर्वाचित

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा मेघराज बास्तोला नेतृत्वको लोकतान्त्रिक राष्ट्रवादी प्यानल भारी मतान्तरले विजयी भएको छ ।
स्वतन्त्र प्रगतिशीलका तर्फबाट अध्यक्षका प्रत्यासी देवेन्द्र सिटौला नेतृत्वको प्यानललाई पछि पार्दै लोकतान्त्रिक राष्ट्रवादीको प्यानलै निर्वाचित भएको हो ।
मत परिणाम अनुसार प्रतिष्पर्धी देवेन्द्र सिटौलालाई १५९३ मतको फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा बास्तोला निर्वाचित भए । बास्तोलाले २४६६ मत प्राप्त गर्दा सिटौलाले मात्र ८७३ मत पाए । त्यस्तै उपाध्यक्षमा शैलेन्द्र सिटौला २०२८, सचिव पारस मैनाली २३४४ , कोषाध्यक्ष शारदा रिजाल १५२१, खुल्ला सदस्यमा आनन्द गुरुङ १८१६, खगेन्द्र थापा १५९६ ,महिला सदस्यमा बालादेवी खरेल १८७६ , माया प्रधान खड्गी १९१४ र कमला अग्रवाल १८४४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
निर्वाचित भएसंगै अध्यक्ष बास्तोलाले आफ्नो टिमले चुनावी अभियानमा सार्वजनिक गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए । सञ्चारकर्मीसंगको संक्षिप्त कुराकानीका क्रममा बास्तोलाले उपभोक्तालाई शुद्ध खानेपानी पुर्याउने तथा संरचनागत निर्माणका लागि आफू लागि पर्ने बताए । नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई निर्वाचन समितिकोतर्फबाट आजै प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड खानेपानीको अध्यक्षमा बास्तोला निर्वाचित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img