HomeFeatured 2सहकारी समस्या समाधान सहजीकरण संयन्त्रद्वारा सुरक्षाको माग

सहकारी समस्या समाधान सहजीकरण संयन्त्रद्वारा सुरक्षाको माग

बिर्तामोड । सहकारी समस्या समाधान सहजीकरण संयन्त्र झापाले जिल्ला प्रशासन कार्यालय झापा समक्ष शान्ती सुरक्षाको माग गरेको छ ।
बैठक पछि सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै झापाका प्रमुख जिल्ला अधिकारी समक्ष पत्र बुझाएको हो । सुरक्षाको माग गर्दै जिल्ला सहकारी संघ झापाका अध्यक्ष तथा संयन्त्रका संयोजक गणेश ढकाल, उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भानु दंगाल लगायतको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई माग पत्र बुझाएका हुन् ।
समितिको आइतबार सम्पन्न बैठकले झापा जिल्लाका सहकारी संघ/संस्था र लघुवित्त सेवा प्रदायक संघ/संस्था माथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने, कर्मचारीहरुलाई हातपात गर्ने र कार्यालय तोडफोड गर्ने गराउने जस्ता कार्य गर्ने गरेको ठहर गर्दै प्रशासन समक्ष सुरक्षाको माग गरेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सहकारी समस्या समाधान सहजीकरण संयन्त्रद्वारा सुरक्षाको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img