बिर्तामोड । एबीसी नेपाल झापाको आयोजनामा बिर्तामोडमा बालबालिका माथि हुने हिंसाका साथै लागु औषध दुव्र्यसन विरुद्धको एक दिने सचेतनामुलक कार्यक्रम भएको छ ।
बिर्तामोड २ स्थित मोहनमाया माविमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोड, सामुदायिक प्रहरी साझेदारीको सह–आयोजना तथा मोहनमाया मा.वि.को समन्वयमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन र यसले पार्ने नकारात्मक प्रभावका विषयमा कार्कीले प्रशिक्षण दिएका थिए ।
साथै उनले महिला हिंसा के हो ? लागु औषध भनेको के हो ? हिंसा र दुव्र्यसनले व्यक्ति, समाज, परिवार र राष्ट्र पार्ने प्रभाव लगायत डिएसपी कार्कीले जानकारी दिए ।
संस्थाको पाँचौ स्थापना दिवसको अवसर पारेर पछिल्लो समय महिला हिंसा र लागु औषधका कारण समाजमा बढ्दो घटनालाई न्यूनिकरण गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको एबीसी नेपालको झापा अध्यक्ष कन्चना ढकाल सिटौलाले बताइन् ।
उनले मानव वेचबिखन बिरुद्धको संस्था एबीसी नेपालले हरेक बर्ष बिभिन्न सामाजिक कार्य संगै सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिइन् ।
उक्त सचेतना कार्यक्रममा प्रमुख अतिथि एबीसी नेपालको केन्द्रिय सदस्य डा। रोमी बस्नेत, मोहनमाया माविका प्र।अ। शेरबहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघ अध्यक्ष लिलानाथ खत्री, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष देवीका बस्नेतले यस्ता सचेतनामुलक प्रशिक्षणले विद्यार्थीलाई फाइदा पुग्ने भन्दै आयोजकलाई धन्यबाद दिएका थिए ।
साथै उनीहरुले यस्ताका किसीमका कार्यक्रमले घटना घट्नु अघि नै विद्यार्थीलाई सचेत बन्न मदत पुग्ने बताएका थिए । प्राप्त गरेको ज्ञान अन्य लाई बांढ्न पनि आग्रह गरिएको थियो । एबीसी नेपालको झापा उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुस्मा पौडेलले गरेकी थिइन ।
बालहिंसा र दुव्र्यसन सम्बन्धी एबिसीको सचेतनामुलक कार्यक्रम

































































































