Homeसमाचारबिकास पत्रकारिता सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

बिकास पत्रकारिता सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडमा एकदिने विकास पत्रकारितासम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रमलाई लेखक तथा सञ्चारकर्मी केदार शर्माले फरक ढंगबाट सहजीकरण गरेका थिए । शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक फरक हुने बताउँदै पत्रकारले विषयबस्तुलाई केलाउँदै तथ्य जाँच्न पछि पर्न नहुने बताए । उनले उद्विकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक आर्थिक पाटोलाई हेरिनु पर्ने बताए । पत्रकारहरुले आदिवासी समुदायको आफ्नो संस्कृति, भाषा, खानाजस्ता आफ्ना परम्परागत कुराहरु लोप हुन लागेको भन्दै त्यसतर्फ कलम चलाउन शर्माले आग्रह गरे । साथै भौतिक संरचना निर्माणलाई मात्र विकास मान्ने मानसिकता भन्दा माथि उठेर चेतनाको विकास हुनुपर्ने धारणा राखे ।

No description available.


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सुझाव दिंदै सकारात्मक पक्षलाई उजागर गर्नुपर्नेमा जोड दिए । बिर्तामोड वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकीले अहिलेका युवाहरुमा नकरात्मक कुराहरुको प्रभाव बढी परेको भन्दै सकारात्मक पक्षलाई जोड दिनु पर्ने बताए ।

No description available.


सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव जोस्ना श्रेष्ठ र सञ्चालन गरेको थिइन्। सहभागीलाई गृहकी उपाध्यक्ष लिला अनमोलले स्वागत गरेको कार्यक्रममा धन्यवादसहित समापन सचिव मायामितु न्यौपानेले गरेकी थिइन्।

Open photo

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लागि बिर्तामोड नगरपालिकाले आर्थिक सहयोग गरेको हो । नारी सञ्चार गृहले समय समयमा फरक फरक बिषयमा तालिम, गोष्ठी तथा अन्तरक्रिया गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिकास पत्रकारिता सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img