Homeसमाचारसंस्थागत विद्यालयले कक्षा र यातायातको शुल्क बढाएको भन्दै नगरको ध्यानाकर्षण

संस्थागत विद्यालयले कक्षा र यातायातको शुल्क बढाएको भन्दै नगरको ध्यानाकर्षण

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ का पूर्व वडा सदस्य नुतन पौडेल लगायतका युवाहरुको नेतृत्वको एक टोलीले नगर क्षेत्रका संस्थागत (निजी) विद्यालहरुले आफुखुशी कक्षा तथा यातायात शुल्क बढाएको भन्दै भद्रपुर नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
संस्थागत विद्यालयहरुको मनपरी बढेको भन्दै नगरका सचेत अभिभावक तथा पूर्व जनप्रतिनिधि पौडेलले विभिन्न १० बुँदे माग राख्दै भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । साथै उनले सो ध्यानाकर्षण पत्र नगर शिक्षा शाखाका राजकुमार ओडारीलाई समेत बुझाएका छन् ।
शिक्षा क्षेत्रमा विकृती विसंगति बढेको अभिभावकहरुको जनगुनासोलाई ध्यानमा राख्दै नगरपालिकाको ध्यानाकर्षणसँगै कार्यान्वयनका लागि विभिन्न १० बुँदे माग अघि सारिएको अभिभावक पौडेलले बताए ।
पौडेलले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ–नगरभरिका संस्थागत विद्यालका पुस्तक, पोशाक र यातायाता भाडा दरमा एक रुपता हुनुपर्ने र आ–आफ्नो विद्यालयको पहिचान गर्नका लागि टाई र वेल्ट फरक हुनुपर्ने, संस्थागत विद्यालयहरुले प्रत्येक बर्ष पुस्तक परिवर्तन गर्ने, मनोमानित तरिकाले शुल्क बढाउने, आफखुशी भर्ना शुल्क लिने जस्ता कार्यलाई नगर शिक्षा, अभिभावक र शिक्षा विदहरुसँग छलफल गरी कार्यान्वयन गर्नुपर्ने, संस्थागत विद्यालयमा प्रत्येक कक्षामा पढाई साथै अतिरिक्त क्रियाकलापमा अब्बल देखिने विद्यार्थीलाई प्रोत्साहन स्वरुप एक छात्र र एक छात्रालाई छुटको व्यवस्था गर्नुपर्ने, विद्यालयबाट सञ्चालित सवारीसाधानमा सिट संख्या भन्दा बढी विद्यार्थी चढाउन नपाउने, नगर शिक्षा शाखाले विद्यालयहरुको मासिक अनुगमन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतको माग छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंस्थागत विद्यालयले कक्षा र यातायातको शुल्क बढाएको भन्दै नगरको ध्यानाकर्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img