बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सर सफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि दुई समूहले मनोनयन दर्ता गराएका छन् । आगामी जेठ १५ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक राष्ट्रवादी समूह र स्वतन्त्र प्रगतिशिल समूहले उम्मेद्वारी दर्ता गराएका हुन् ।
दुवै समूहले प्यानलै बनाएर मनोनयन दर्ता गराएसंगै यी दुई मुख्य प्रतिष्पर्धीका रुपमा देखिएका छन् ।
लोकतान्त्रिक राष्ट्रवादी समूहले भावी अध्यक्षका रुपमा पूर्व सचिव मेघराज बास्तोलाको नेतृत्वमा उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारस मैनाली र कोषाध्यक्षमा शारदा रिजाललाई उभ्याएको छ भने सदस्यहरुमा आनन्द गुरुङ, बालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल रहेका छन् ।
त्यसैगरी स्वतन्त्र प्रगतिशिलका तर्फबाट पूर्व सदस्य देवेन्द्र सिटौलाको नेतृत्वमा उपाध्यक्षमा प्रदीप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशीलाई अघि सारेको छ। समितिको सदस्यहरुमा छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुंगाना रहेका छन् ।
लोकतान्त्रिक राष्ट्रवादी समूहलाई नेपाली कांग्रेस र राप्रपाको साथ छ भने स्वतन्त्र प्रगतिशिल समूहलाई एमाले र माओवादीको साथ रहेको छ ।
बिर्तामोड खानेपानीमा लोकतान्त्रिक राष्ट्रवादी र स्वतन्त्र प्रगतिशिल समूह मुख्य प्रतिष्पर्धा

































































































