Homeसमाचारभद्रपुरमा पहिलो पटक जेठ १८ र १९ मा युवा भेला गरिँदै

भद्रपुरमा पहिलो पटक जेठ १८ र १९ मा युवा भेला गरिँदै

भद्रपुर । कोशी प्रदेशमै पहिलो पटक भद्रपुमा युवा सम्मेलन हुने भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने उद्देश्य बोकेर भद्रपुरमा प्रथम नगर सम्मेलन ‘२०८०’ हुने भएको हो ।
भद्रपुर नगर युवा परिषद्को आयोजनामा जेठ १८ र १९ गते भद्रपुर प्रथम नगर सम्मेलन हुन लागेको परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिएका छन् । प्रथम नगर सम्मेलनलाई सभ्य र भव्य बनाउने उद्देश्यले नगर युवा परिषद्ले नगर क्षेत्रका सरोकारवाला निकायसँग बृहत् छलफल समेत गरेको छ ।
छलफलमा कार्यक्रमको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै परिषद्का सदस्य सचिव पौडेलले नगर सम्मेलन मार्फत युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि सकारात्मक उत्प्रेरणा प्रदान गर्ने, युवाहरूमा सामाजिक तथा सामुदायिक दायित्व भावनाको विकास गर्ने, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यवहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने, नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने उद्देश्य रहेको बताए ।
उक्त दुई दिने कार्यक्रममा सम्बन्धित विषयका विशेषज्ञहरू वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन, पत्रकार टीकाराम यात्री, कवि नवराज पराजुली, दयासागर श्रेष्ठ, महेश दाहाल, सोनीका पौडेल, राहुल केसी, वसन्त अधिकारी, प्रदीप पौडेल, माधव ढुंगेल लगायतले युवा नेतृत्व विकास, उद्यमशीलता, जीवनोपयोगी सीप, सकारात्मक सोच, मिडिया तथा डिजिटाइजेसन, दिगो विकास लक्ष्य, सुरक्षित आवास सहर, युवा प्रतिभा प्रस्तुतीकरण तथा सम्मान, लागूपदार्थ दुव््र्यसनी न्यूनीकरण, सुशासन लगायतका विषयमा सहजीकरण गर्ने जनाइएको छ ।
नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता भएको छलफल कार्यक्रममा सहभागीहरूले कार्यक्रमलाई कसरी सफल बनाउने बारेमा आआफ्नो राय सुझाव राखेका थिए ।
युवा परिषद भद्रपुरका कार्यकारी उपाध्यक्ष सरोज ढकालका अनुसार युवा भेलामा १६ देखि ४० वर्षसम्मका दुई सय जनालाई सहभागी गराइने छ । जसमध्ये वडाको सिफारिसमा प्रति वडाबाट १० जनाका दरले एक सय जना, खुल्ला आवेदनबाट ५० जना, अन्य युवा सम्बन्धि संघ संस्थाबाट स्वयंसेवकका रुपमा २० जना र स्थानीय संघसंस्थाहरूबाट ३० जनालाई छनोट गरी सहभागी गराइने जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरमा पहिलो पटक जेठ १८ र १९ मा युवा भेला गरिँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img