Homeसमाचारप्रविधिको प्रयोग, साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी सचेतनामुलक कार्यक्रम

प्रविधिको प्रयोग, साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी सचेतनामुलक कार्यक्रम

हल्दिबारी । विद्यार्थीलाई लक्षित गरी झापाको हल्दिवारी–५ मा प्रविधिको बढ्दो प्रयोग साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । हल्दिबारी गाउँपालिका अन्तरगत वडा नं.–५ को सहयोग र जनआन्दोलन साप्ताहिकको आयोजनामा सम्पन्न कार्यक्रममा प्रविधि हरेक मान्छेको अभिन्न साथी बनिसके त्यसको सही प्रयोग गर्न नजान्दा हुने समस्यामा सतर्क र सचेत हुनुपर्नेमा जोड दिइएको थियो ।
प्रविधिको सदुपयोगले मानिसलाई हरेक सहजता हुने निश्चित भएपनि सही सदुपयोग गर्न नजाने त्यसबाट हुने समस्याबारे छलफल गरिएको थियो ।


अन्तरगत आधारभूत तहका विद्यार्थी, अभिभावक र शिक्षक प्रतिनिधि सहभागी कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष लावतीले प्रविधि आजको आवश्यकता भएपनि त्यसबाट बच्न सबै सचेत हुनु पर्नेमा जोड दिए ।
कार्यक्रम अतिथि तथा वडासचिव भजन संग्रौलाले समय सापेक्ष कार्यक्रम भएको भन्दै प्रविधिको प्रयोग र त्यसबाट हुने फाइदा, बेफाइदाबारे सबै जानकार हुनु आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा सहजकर्ताहरु जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक यशोदा घले, इन्दु पूर्वेली र रेजिना गौतमले प्रविधिको प्रयोग बालबालिका र उच्च पदस्थ व्यक्तिहरु समेत प्रविधिको प्रयोगबाट हुने साइबर अपराधमा परेको दृष्तान्त प्रस्तुत गर्नुका साथै नेपालमा देखिएका समस्या, साइबर अपराधबाट बच्ने उपाय, उजुरी गर्ने ठाउँ, कानूनी व्यवस्था, नेपालमा प्रविधिको प्रयोगबाट भइरहेका विभिन्न आपराधिक घटनामा बालबालिको अवस्था, प्रविधिको प्रयोगबाट गाउँसमाजमा देखिएका समस्या, ती समस्याले निम्त्याएका असामाजिक व्यवहार र त्यसले परिवार र समाजमा पुर्याएको असर लगायतका विषयमा सहजीकरण गरेका थिए ।


सो अवसरमा सहभागी विद्यालयका शिक्षकका तर्फबाट मोती आधारभूत विद्यालयका प्रधानअध्यापक केदारप्रसाद सुवेदी, धनुषा आधारभूत विद्यालयकी शिक्षक कमला शिवाकोटी, न्यू स्टार इङ्लिस स्कूलका भाइस प्रिन्सिपल पुन्यप्रसाद दंगाल सविना अधिकारी, सोमिया दंगाल र समिर पौडेलले कार्यक्रमबाट आफूले धेरै कुरा सिकेको प्रतिक्रिया दिंदै आगामी दिनमा आफूहरु सतर्क र सहज रहने बताए ।


कार्यक्रम आयोजक संस्था जनआन्दोलन साप्ताहिककी सम्पादक इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, साथै अन्यसहित ६८ जना बढीको सहभागिता रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रविधिको प्रयोग, साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी सचेतनामुलक कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img