Homeसमाचारमेची क्याम्पसमा कार्यक्रम निर्देशकको नियुक्ति विषयमा विवाद

मेची क्याम्पसमा कार्यक्रम निर्देशकको नियुक्ति विषयमा विवाद

भद्रपुर । झापाको भद्रपुरस्थित त्रिभूवन विश्व विद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मेची बहुमुखी क्याम्पसद्वारा संचालित बिएससी, सीएसआइटी कार्यक्रममा कार्यक्रम निर्देशकको नियुक्तिलाई लिएर बिएससी, सीएसआइटीमा अध्ययनरत विद्यार्थी र क्याम्पस प्रशासन बिच विवाद सिर्जना भएको छ ।
आन्दोलनत आम विद्यार्थीहरुको नेतृत्व क्याम्पसमा बिएससी, सीएसआइटी अध्ययनरत विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै आएको गैर राजनीतिक संघ एमसीसी बिएससी, सीएसआइटी एसोसिएसनले लिएको छ । मेची क्याम्पसमा बिएससी, सीएसआइटी विषय २०७५ देखि सुचारु भएको हो । हाल उक्त क्याम्पसमा बिएससी, सीएसआइटी विषयमा ५ वटा ब्याच गरि करिब १७० जना विद्यार्थीहरु अध्ययनरत छन् तर आज सम्म अध्ययनरत विद्यार्थीहरुले आइटीसिएस पृष्ठभूमि भएको निर्देशक पाएका छैनन्। क्याम्पस प्रशासनलाई विद्यार्थीहरुले बारम्बार अनुरोध गरेता पनि क्याम्पस प्रशासनले विभिन्न कारणहरु देखाउँदै विद्यार्थीको मागलाई बेवास्ता गरेको संघका संस्थापक निवर्तमान अध्यक्ष तथा आठौं सेमेष्टरका विद्यार्थी निश्चल बुढाथोकीले बताए ।
यो पटक पनि विषयगत पृष्ठभूमि भएको निर्देशकको माग आम विद्यार्थीहरुले राखेको तर क्याम्पस प्रशासनले यस पल्ट पनि पहिलाकै जस्तो विभिन्न कारण र आश्वासन देखाएर विद्यार्थीको जायज मागलाई दबाउन खोजेको जसको फलस्वरुप एमसीसी बिएससी, सीएसआइटी एसोसिएसनले बिएससी, सीएसआइटी विभागमा तालाबन्दी गरेको कुरा संघका अध्यक्ष भाष्कर रिजालले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची क्याम्पसमा कार्यक्रम निर्देशकको नियुक्ति विषयमा विवाद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img