HomeFeatured 2टाटाको नेक्सन इभी म्याक्स अब अलास्कामा

टाटाको नेक्सन इभी म्याक्स अब अलास्कामा

बिर्तामोड । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेक्सन इभी म्याक्स बिर्तामोडस्थित अलास्का अटोमोवाइलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको छ ।
टाटाको नयाँ उत्पादन नेक्सन इभी म्याक्स सार्वजनिक कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापा, व्यवासायी राजेन्द्रकुमार थापा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्तजंग सिजापती र टाटा मोटर्सका तर्फबाट नेपालका लागि नेपाल म्यानेजर प्रशन्न रंगना थनको उपस्थिति रहेको थियो । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले शुक्रबारबाट नेक्सन इभी म्याक्सको बिर्तामोडमा विक्री शुरु गरेको हो ।
कम्पनीको सर्वोत्कृष्ट ढंगले विक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङ्गको व्यवस्था सहित रु.४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध छ । उत्कृष्ट एवं दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने अपेक्षा गरिएको छ । उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधि युक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ ।
४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले ११० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट ५६ मिनेटमा शुन्यदेखि ८० प्रतिशतसम्म चार्ज हुने दावी गरिएको छ ।
नयाँ उत्पादन बारे जानकारी दिंदै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्तजंग सिजापतीले नयाँ बिशेषताहरु र थप सुविधा युक्त यस गाडीले ग्राहकको विश्वास जित्न सक्ने बताए ।
अनुभव गर्नुहोस सर्वोत्कृष्टताको
हेर्दा आकर्षक देखिने नेक्सन इभी म्याक्सको सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकरानाबिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नवको व्यवस्था छ । नेक्सन इभी म्याक्स इको, सिटि र स्पोर्ट गरी जम्मा तिनवटा मोडहरुमा उपलब्ध छ ।
मल्टी–मोड रिगेनको विशेषता भएको यो गाडीले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ्ग अवस्था अनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ । त्यसैगरी ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बदल्ने यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ । यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्ति आइ–भीबिएसी सहितको इएसपी, हिलहोल्ड, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन् । ८ वर्ष वा एकदाख ६० हजार किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपीसिक्स सेभेनद्वारा प्रमाणित पनि छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2टाटाको नेक्सन इभी म्याक्स अब अलास्कामा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img