बिराटनगर । ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका वडा नं- ६ कि एसिड पीडित बालिका पवित्रा कार्कीलाई काेशी प्रदेश सरमारले उपचार खर्च उपलब्ध गराउने भएकाे छ ।
प्रदेश सरकारकाे आज सम्पन्न मन्त्री परिषद बैठकले एसिड पीडित बालिका कार्कीलाई उपचार खर्च स्वरूप
एकलाख ७५ हजार उपलब्ध गराउने निर्णय गरेकाे हाे । पीडित बालिकाको किर्तिपुर बर्त हस्पिटलमा उपचार भइरहेको छ ।
कार्कीमाथि ३१ साउन २०७७ मा काठमाडौंको सीतापाइलामा एसिड प्रहार भएको थियो । एसिड प्रहार गर्ने र एसिड प्रहारकाे याेजना बनाउने दुवैजनालाई ७/७ वर्ष जेल सजाँय, २/२ लाख रूपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्तिसहितकाे फैसला भइसकेकाे छ ।
बैठकले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाइएको छ ।
२. प्रदेश खेलकुद ऐन २०७६ बमोजिम गठन भएको बाेर्डका सदस्य सचिव वाग्लेले सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र उक्त विषयमा ‘ तपाईलाई पदबाट किन नहटाउने ?’ नहटाउनु पर्ने कारण माग गर्दैन दुइ पटक स्पष्टिकरण मागे पनि चित्त बुझ्दो जवाफ नदिएकाे भन्दै वाग्लेलाई पदमुतक्त गर्ने निर्णय गरेकाे हाे ।
त्यसैगरी आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ मा उल्लेख भए बमोजिम आर्थिक रुपले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत रु एक करोड ५० लाख थप बजेटका लागि स्विकृती प्रदान गर्ने निर्णय गरेकाे बताइएकाे छ ।
एसिड पीडितलाई उपचार खर्च, वाग्ले पदमुक्त प्रदेश सरकार मन्त्री परिषदकाे निणर्य

































































































