HomeFeatured 2'बजेटपछि प्रदेशको स्थायी संरचना निर्माण प्रक्रिया प्रारम्भ'

‘बजेटपछि प्रदेशको स्थायी संरचना निर्माण प्रक्रिया प्रारम्भ’

विराटनगर । सरकारको स्थायी भौतिक संरचना अभावमा भाडामा बस्दै आएको कोशी प्रदेशको बजेट पछि स्थायी संरचना निर्माणका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ ।
स्थायी संरचना अभावका कारण सेवा लिने कुरामा नागरिकले पनि दुःख झेल्नु परेको उल्लेख गर्दै कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेटपछि प्रदेश संरचना निर्र्माणको प्रक्रिया अघि बढ्ने बताएका छन् ।
प्रदेशको स्थायी संरचना नहुँदा सेवा प्रवाह र प्राप्ती दुवैमा समस्या भइरहेको बताउँदै मुख्य मन्त्री कार्कीले भने–‘थाकथलो नभएसम्म सेवा लिन कहाँ जाने ? त्यसकारण प्रदेश संरचना आवश्यक छ, बजेट पछि स्थायी रुपमा प्रदेश संरचना निर्माण कार्य अघि बढ्छ ।’
आठौं राष्ट्रिय पत्रकारिता दिवसमा कोशी प्रदेश सरकारले प्रदान गरेको प्रादेशिक पत्रकारिता पुरस्कार वितरण समारोहका अवसरमा प्रादेशिक संरचना निर्माण प्रक्रिया प्रारम्भबारे बताएका हुन् ।
आर्थिक मन्दीकै कारण आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेटको आकार पनि घट्ने बताउँदै बजेटको आकार घटेपनि थोरै भएपनि जनताले अनुभूत गर्ने किसिमका काम गर्न आफूले चाहेको उल्लेख गर्दै सोही अनुसारको सुझाव दिन आग्रह पनि गर्दै भने–‘प्रदेश देखिने, छोइने, भेटिने सुझाव तपाईहरुबाट पनि आओस्, उपयुक्त सुझावलाई कार्यान्वयन गर्नेछु ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2'बजेटपछि प्रदेशको स्थायी संरचना निर्माण प्रक्रिया प्रारम्भ'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img