HomeFeatured 2निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड

निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड

दमक । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दमकमा बुधबार अन्तरक्रियात्मक तथा प्रशिक्षणमुलक कार्यक्रम सम्पन्न भएको छ । “अधिकारको आगामी बाटो अभिव्यक्ति स्वतन्त्रता सबै अधिकारहरुको बाहक” भन्ने नारासहित यसपटक विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको हो । कार्यक्रमका सहभागीहरले निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड दिएका छन ।
नेपाल पत्रकार महासंघ झापा शाखाले गौरादह नगरपालिकासँगको सहकार्यमा दमकस्थित स्वर्णलक्ष्मी साकोसको सभाकक्षमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता तथा सुचनाको हक विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नागरिकहरुलाई सुसुचित हुने अधिकारका लागि पत्रकारहरुलाई सुसूचित गरिनु आवश्यक रहेको बताए ।
गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपती सुवेदीले पत्रकारले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रयोग गर्दा तथ्यमा आधारित हुनुपर्नेमा जोड दिंदै तथ्यपरक समाचारले सञ्चार जगतमाथिको विश्वसनियता बढाउने बताए।
पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले अहिले सम्म संचारक्षेत्रलाई समेटेर कुनै पनि ऐन बन्न नसकेको कारण संचार क्षेत्र धरासायी बन्दै गईरहेको बताए । सञ्चारक्षेत्रमा संघीयताको अनुभूती हुन नसकेको बताउँदै अध्यक्ष गिरीले स्थानीय तहले आफ्ना सूचना सामग्री स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराएर सञ्चार संस्थालाई अगाडी बढाउन सहयोग गर्न माग गरे ।
कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताका विषयमा मानव अधिकारकर्मी डा. रुपक खनाल, विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा महासंघको केन्द्रिय सदस्य अम्मर खड्का र मल्टिमिडियाको बारेमा गणेशमान मुखियाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा महासंघका प्रदेश कोषाध्यक्ष विमल लामिछाने , दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्वरुबल्लव निरौला, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री, प्रेस मञ्चका केन्द्रिय अध्यक्ष कमन देवान, नेपाल प्रेस युनियनकी केन्द्रिय सचिव रेजिना गौतम , प्रेस चौतारीका प्रदेश महासचिव गोपाल झापाली लगायतले अभिव्यक्ति स्वतन्त्रता तथा सुचनाको हकका विषयमा आ–आफनो धारणा राखेका थिए ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले सन्चालन गरेका गतिविधीलाई समेटेर प्रकाशन गरेको २०८० सालको बार्षिक क्यालेण्डर समेत विमोचन गरिएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ झापाका सहसचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष केशव भट्टराईले स्वगत मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img