HomeFeatured 2शिक्षासंगै सिप र श्रमलाई नजोडेसम्म परनिर्भरता नहट्ने

शिक्षासंगै सिप र श्रमलाई नजोडेसम्म परनिर्भरता नहट्ने

बिर्तामोड । बिर्तामोडमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले पढाइलाई सीपसंग जोड्नुपर्नेमा जोड दिएका छन् ।
महिला उद्यमी संघ नेपाल झापाको सातौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा बोल्ने अधिकांस वक्ताहरुले एकोहोरो पढाईले बेरोजगारीमात्र सिर्जना गर्ने धारणा राखे ।
शिक्षाका साथमा सिप अनिवार्य भएको धारणा राख्दै वक्ताहरुले सिपलाई श्रमसंग जोडेर उत्पादन गर्नुपर्ने र उत्पादनलाई बजारीकरण तथा निर्यात गर्न सकेमात्र पर निर्भरता हटेर जाने बताएका हुन् ।

No description available.


संघकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता जिल्ला समन्वय समिति झापाकी उपसभापति शान्ता रोक्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोक्का, विशेष अतिथिहरु बिर्तामोड नगरपालिका नगर कार्यपालिका सदस्य यमुना आचार्य, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सप्तकोशी विकास बैंकका प्रबन्ध निर्देशक दिनेश पोखरेल, एक्सेल डेभलपमेन्ट विकास बैंकका निर्देशक डा. इन्द्रकुमार कट्टेल बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा लगायतले शुभकामना मन्तव्य राख्दै यस्तो धारणा राखेका हुन् ।
अध्यक्ष भट्टराईले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सप्तकोशी सफल महिला उद्यमी सम्मानबाट सर्मिला अधिकारी र एक्सेल सफल महिला उद्यमी सम्मानबाट सूर्या राजवंशीलाई नगद राशीसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सम्मानितहरुको सम्मान पत्र उपाध्यक्ष युनिता दवाडीले वाचन गरेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष यशोदा पोखरेलले गरेकी थिइन् भने सञ्चालन महासचिव सर्मिला अधिकारीले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2शिक्षासंगै सिप र श्रमलाई नजोडेसम्म परनिर्भरता नहट्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img