भद्रपुर । झापा उद्योग बाणिज्य संघको ५४ औं साधारण सभा तथा २४ औ अधिवेशन भद्रपुरमा बिहिवार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैधले सरकारले निजी क्षेत्रका मागहरुलाई संबोधन गर्न नसक्दा देशको अर्थतन्त्र डामाडोल भएको बताए।
बैकहरुले चर्को ब्याज लियर व्यावसायीहरुको ढाड सेक्ने कार्य गरेको भन्दै अर्थतन्त्र उकास्न निजी क्षेत्रका व्यवसायीलाई उकास्ने कार्य योजना सरकारले ल्याउनु पर्नेमा उनको जोड थियो ।
अध्यक्ष नवराज पनेरुले संघका गतिविधिका बारेमा प्रकाश पारेको सभामा पनेरुले बैंकको ब्याज महंगो भएको उल्लेख गर्दै उद्योगी तथा व्यापारीहरुलाई अन्याय परेको गुनासो पोखे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले व्यवसायीहरु देशको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै बताए । भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उप प्रमुख राधा कार्की ,महासंघ कृतिपुरकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु नरेन्द्र खड्का, उमेश डालमिया , झापाका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे लगायतले बोल्दै सरकारले निजी क्षेत्रको आर्थिक उन्नति हुने खालका योजना ल्याउनु पर्नेमा जोड दिए ।
सो अवसरमा संघ झापाका पूर्व अध्यक्षहरु क्रमशः माहाविरप्रसाद गोयल, घिमिरे, डालमिया, ओमप्रकाश सरावगी, मदनलाल गुप्ता, राजकुमार अग्रवाल , नारायण ढुङ्गाना लगायतलाइ सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो । पनेरुको अधयक्षतामा सम्पन्न कार्यक्रमको संचालन पंकज शर्मा र स्वागत मन्तव्य अजय साहेवालाले गरेका थिए। ुबैशाख २८ गते संघको नयाँ कार्य समिति चयन हुनेछ।
निजी क्षेत्रका माग सम्बोधन नगर्दा देशको अर्थतन्त्र डामाडोल

































































































