Homeसमाचारआमाको बार्षिक श्राद्धमा हेम-सरिता फाउण्डेसनद्वारा एक महिला सम्मानित

आमाको बार्षिक श्राद्धमा हेम-सरिता फाउण्डेसनद्वारा एक महिला सम्मानित

बिर्तामोड । बाबु–आमालाई सम्झनका लागि पितृभक्त छोराछोरीले विभिन्न प्रक्रिया अपनाउँछन् । त्यस्तै मध्येका एक हुन हेम पाठक । अमेरिकामा कर्म गर्दै नेपालमा भ्रष्टाचार विरुद्धको अभियान सञ्चालनमा सक्रिय पाठकले नयाँ तरिका अपनाएका छन् ।
पाठकले आफ्नी दिवंगत आमा रमा पाठकको बार्षिक श्राद्धकर्मका दिन श्राद्ध गर्न नसकेपनि एकल महिलालाई श्रद्धापूर्वक सम्मान गर्दै आमाको स्मरण गरेका छन् ।
पाठक संरक्षक रहेको हेम–सरिता पाठक फाउण्डेसनद्वारा आमा रमाको बार्षिक श्राद्ध पारेर बिर्तामोड–४ स्थित मन्दिरमा आश्रय लिंदै आएकी मेनुका सापकोटा पौडेललाई नगदसहित सम्मान गरिएको हो ।


आफू सशरीर उपस्थित हुन नसकेपनि आफन्त र परिवारमार्फत पाठकले मेनुकालाई सम्मान पत्र, दोसल्ला र नगद राशी (११ हजार एकसय एक रुपैयाँ) सहित सम्मान गरेका हुन् ।
सम्मानित व्यक्तिलाई स्व. रमा पाठककी जेठी छोरी तुलसा ओलीले दोसल्ला ओडाएकी थिइन भने सम्मान पत्र छोरी इन्दिरा सिटौलाले प्रदान गरेको कार्यक्रममा नगद छोरा यज्ञप्रसाद पाठक र ज्वाँई कृष्णकुमार संग्रौलाले प्रदान गरेको बुहारी सकुन्तला पाठकले जानकारी दिइन् ।
बृद्ध अवस्थाकी रमाको दुई वर्ष अघि कोभिड–१९ संक्रमण पुष्टि भई निधन भएको थियो । संक्रमणकै कारण आमाको दशगात्र कर्म गर्न उपस्थित हुन नसकेका पाठकले आमाको स्मृतिमा प्रत्येक वर्ष एक÷एक महिलालाई सम्मान गर्ने बताए ।
को हुन् मेनुका
बाँच्नका लागि संघर्ष गर्ने क्रममा पतिको निधनपछि झापाको बिर्तामोड–४ स्थित सनातन धर्म सेवा समितिको भवनमा १ पुत्रका साथ बसोबास गर्दै आएकी छन् मेनुका । २०६० सालमा झापाको साविक पृथ्वीनगर–७ निवासी नारायण पौडेलसंग विवाह बन्धनमा बाँधिएकी उनले बिबाह भएको १० वर्षकै उमेरमा पति वियोगको पीडा खेप्नु पर्यो । हाल मन्दिरको मुष्ठीदान उठाएर दैनिकी गुजार्दै आएकी छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआमाको बार्षिक श्राद्धमा हेम-सरिता फाउण्डेसनद्वारा एक महिला सम्मानित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img