Homeसमाचारमलेसियामा उभिएर नेपालको चिन्ता, २०४६ सालयताका शासकको सम्पत्ती छानविन गर्न आह्रवान

मलेसियामा उभिएर नेपालको चिन्ता, २०४६ सालयताका शासकको सम्पत्ती छानविन गर्न आह्रवान

झापा । नेपालमा भ्रष्टाचारको श्रृङ्खला बढिरहँदा जन्मभूमि छोडेर कर्म गर्न विदेशिएकाहरु चिन्ता व्यक्त गर्न थालेका छन् । चिन्तामात्र होइन राजनीतिक रुपमा उच्च पदमा पुगेकाहरुको सम्पत्ती छानविन गर्न समेत माग गरिरहेका छन् । तेह्रथुमको छातेढुङ्गामा जन्मेर कर्म गर्न अमेरिका पुगेका हेम पाठकले यसैवर्षको मलेसिया भ्रमणका क्रममा त्यहि अभिव्यक्ति सार्वजनिक गरे ।
भ्रष्टाचार विरुद्ध अभियान्ताका रुपमा चिनिएका पाठकले मलेसियाको एउटा महत्वपूर्ण पार्कमा उभिएर मलेसियाको विकास र भ्रष्ट शासकका बारेमा बोल्दै नेपालको पनि अवस्था भ्रष्ट शासकले शासन गरेको बेलाको जस्तो नहोस् भन्दै नेपाली जनतालाई आह््रवान गरे ।
मलेसिया स्वतन्त्र भएको स्मरण झल्काउन निर्माण गरिएको विशेष ठाउँमा उभिएर मलेसियाले विकासमा फड्को मार्न खोजेपनि भ्रष्ट प्रशासकका कारण पर्याप्त विकास हुन नसकेको उल्लेख गर्दै पाठकले भनेका छन्–‘मलेसियाले विकासमा फड्को मार्न खोजेको देखिन्छ । तर, भ्रष्ट शासकका कारण पर्याप्त हुन सकेको छैन, ती शासकले देशको सम्पत्ती नीजि बनाएको रहेछ ।’
पाठक अगाडि भन्छन्–‘अहिले उ १२ वर्षका लागि जेलमा छ, नेपालमा पनि अथाह संभावनाहरु भएर पनि नेपालको पनि उही हालत देखिन्छ, २०४६ सालयता शासन गर्नेहरुको सम्पत्ति छानविन गरी राष्ट्रियकरण गर्नुपर्छ, म नेपाली जनताहरु समक्ष आग्रह गर्दछु ।’
भ्रष्टाचारको आरोपमा ६९ वर्षिय मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजक गत भदौ ८ गते (नेपाली पात्रो अनुसार) त्यहाँको अदालतले १२ वर्ष जेल सजाँय तोकेपछि अहिले जेल जीवन बिताइरहेका छन् । रजाक सन् २००८ देखि २०१८ सम्म मलेसियाको प्रधानमन्त्री थिए ।
सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरेको अभियोगमा लागेका रजाकलाई लगभग चारकरोड २० लाख मलेसियाली रिंगेट (एककरोड तीनलाख डलर) भ्रष्टाचार गरेको त्यहाँको अदालतले ठहर गरेसंगै रजाक १२ वर्षका लागि जेल गएका हुन् ।
नेपालमा पनि पनि भ्रष्टाचार हुने देशको १० औं सूचीमा छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट अनुुसार सन् २०२२ मा नेपाल भ्रष्टाचारको ११० औं स्थानमा छ । गत वर्ष १ सय १७ औं मलुकको स्थानमा रहे पनि यो वर्ष १ सय १०औं स्थानमा उक्लिएको छ ।
गत वर्षको तुलनामा अंकमा केही सुधार भए तापनि नेपाल अझै व्याप्त भ्रष्टाचार हुने मुलुकमै पर्ने ट्रान्सपरेन्सीले औंल्याएको छ । नेपालमा शुशासनको विषय बारम्बार उठेपनि त्यो कायम हुन नसक्दा भ्रष्टाचारमा बढावा भएको हो ।
पाठकले भ्रष्टाचार विरुद्ध आवाज उठाउने नेपालका पत्रकार, गीतकार, गायन लगायतका क्षेत्रलाई लक्षित गरी ठूलो धनराशीको पुरस्कार वितरण गर्दै आएका छन् ।
नेपालमा पनि पछिल्ला केही वर्षमा एकपछि अर्को गर्दै सामान खरिद, पद प्राप्ती, नियुक्ति लगायतका विषयमा आर्थिक कारोबारमा गरिएको ‘बार्गेनिङ’का अडियो सार्वजनिक भएका छन् । यद्यपी ती अडियोको तथ्य जाँच गरेर कारवाहीको प्रक्रिया भने अघि बढ्न सकेको छैन ।
गुपचुप रहेका घटनाको छानविन र प्रतिकात्मक रुपमा सार्वजनिक भएका अडियोको तथ्य जाँच गरि भ्रष्टाचारजन्य कारोबारमा संलग्नता पुष्टि भए कडा कारवाही गर्नुका साथै सार्वजनिक पद धारण गरेका उच्च पदस्थको सम्पत्ती छानविन गर्ने हो भने आगामी दिनमा भ्रष्टाचार नियन्त्रण भएर जाने निश्चित छ । राज्य सञ्चालकहरुले त्यो तदारुकता देखाउन जरुरी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमलेसियामा उभिएर नेपालको चिन्ता, २०४६ सालयताका शासकको सम्पत्ती छानविन गर्न आह्रवान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img